Trending
Prev Story
Next Story

तीन महिनामै भित्रियो सात खर्ब रुपैयाँ रेमिट्यान्स, असोजमा मात्रै दुई खर्ब ६७ अर्ब

Ekantipur •
November 19, 2026 • 12:32 PM
3
3 reads 0 reactions

तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या भने १.७५ प्रतिशतले बढेको छ ।

तीन महिनामै भित्रियो सात खर्ब रुपैयाँ रेमिट्यान्स, असोजमा मात्रै दुई खर्ब ६७ अर्ब

तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या भने १.७५ प्रतिशतले बढेको छ ।

काठमाडौँ — चालु आर्थिक वर्ष २०८३-८४ को तीन महिना (साउनदेखि असोज) सम्ममा कुल सात खर्ब ३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

गत आर्थिक वर्ष २०८२-८३ को यही अवधिमा ५ खर्ब ५३ अर्ब रेमिट्यान्स भित्रिएको थियो । २७ प्रतिशतले धेरै रेमिट्यान्स भित्रिएको हो ।

असोज महिनामा मात्रै करिब दुई खर्ब ६७ अर्ब रुपैयाँ बराबर रेमिटेन्स भित्रिएको हो ।

करिब ३९ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स  भित्रिरहेको छ । पछिल्लो सात महिनादेखि निरन्तर मासिक दुई खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको छ ।

दसैं तिहारजस्ता चाडपर्व नजिकिँदा समेत तुलनात्मक रूपमा अन्य महिनामा भन्दा रेमिट्यान्स भित्रिने दर बढ्ने गर्छ ।

यो अवधिमा २ अर्ब ६९ करोड रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ । गत वर्षको यही अवधिमा ३ अर्ब ७६ करोड रूपैयाँ बाहिरिएको थियो ।

तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या १.७५ प्रतिशतले बढेको छ । यसअघि दुई लाख सात सय १६ जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष यो अवधिमा दुई लाख ४ हजारले यस्तो स्वीकृति लिएका छन् ।

रेमिट्यान्स बढेसँगै मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेकै छ । विदेशी मुद्राको सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ ।

हालको सञ्चिति ऐतिहासिक उच्च हो । डलरको आधारमा पनि यस्तो सञ्चिति हालसम्मकै उच्च छ। यस्तो सञ्चिति २७ अर्ब ३८ करोड डलर छ ।

मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १७ महिना ६ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ ।

यो पर्याप्तता सूचक उच्च हो । नेपालमा सात महिनासम्मको आयात धान्ने सञ्चिति भए पर्याप्त भएको मानिन्छ ।

तर, पछिल्लो समय यो सञ्चिति सूचक घट्ने क्रममा छ । गत असारमा १९ महिनाभन्दा बढीको आयात धान्ने अवस्था रहेकोमा अहिले केही घटेको हो ।

दसैं तिहार लगायतका चाडपर्वमा आयात पनि बढ्ने भएकोले पनि यस्तो क्षमता केही घटेको देखिन्छ ।

यो अवधिमा आयात अघिल्लो पटकको यही अवधिभन्दा ३८ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । त्यसअघि चार खर्ब ६८ अर्ब रुपैयाँको आयात भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1h ago
असोजमै भित्रियो हालसम्मकै कीर्तिमानी आकारको रेमिट्यान्स

असोजमै भित्रियो हालसम्मकै कीर्तिमानी आकारको रेमिट्यान्स

चालु आर्थिक वर्ष तेस्रो महिना अर्थात् असोजमा २ खर्ब ६७ अर्ब बराबर रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै कीर्तिमानी अंक...

#खर्ब #रेमिट्यान्स #भित्रिए
Compare →
Bizshala
32m ago
एकै महिनामा  २ खर्ब ६७ अर्ब रेमिट्यान्स भित्रियो

एकै महिनामा २ खर्ब ६७ अर्ब रेमिट्यान्स भित्रियो

काठमाण्डौ । नेपालमा मासिक रेमिट्यान्स आप्रवाहले नयाँ कीर्तिमान बनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक...

#खर्ब #रेमिट्यान्स #असोज
Compare →
Onlinekhabar
1h ago
रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर स्थिति ३ खर्ब बचतमा

रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर स्थिति ३ खर्ब बचतमा

३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको असोज महिनामा शोधनान्तर बचत ३ खर्ब पुगेको छ । रेमिट्यान्स र आयातमा आएको सुधारले शोधनान्तर बचत बढेको हो । चालु आवको असोजमा शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ …

#खर्ब #रेमिट्यान्स #असोज
Compare →
Hamro Patro News
2d ago
सार्वजनिक ऋण ३० खर्ब नाघ्यो

सार्वजनिक ऋण ३० खर्ब नाघ्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब नौ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सोही अवधिमा सर...

#खर्ब #असोज
Compare →
Nagarik News
7h ago
भीमफेदी सुमो दुर्घटना : तीन मृ'तक र सात घाइतेको पहिचान खुल्यो (नामसहित)

भीमफेदी सुमो दुर्घटना : तीन मृ'तक र सात घाइतेको पहिचान खुल्यो (नामसहित)

मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा सुमो दुर्घटना हुँदा दुई महिलासहित तीन जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।

#सात
Compare →

Related Stories

Business & Economy
Build #2612