Trending
Prev Story
Next Story

ट्रम्प, सी र पुटिनबीच के भयो कुराकानी ?

Ekantipur •
November 19, 2026 • 12:32 PM
2
2 reads 0 reactions

बिहीबार चीनको सेन्जेनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चीनफिङ र भ्लादिमिर पुटिनबीच झन्डै डेढ घण्टा वार्ता भएको थियो

ट्रम्प, सी र पुटिनबीच के भयो कुराकानी ?

बिहीबार चीनको सेन्जेनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चीनफिङ र भ्लादिमिर पुटिनबीच झन्डै डेढ घण्टा वार्ता भएको थियो

सेन्जेन — चीन, रुस र अमेरिकाले संयुक्त राष्ट्रसंघमा सुधार खोज्ने, तेलको उत्पादन र आपूर्ति बढाउने तथा आणविक जोखिम न्यूनीकरणका लागि संवाद गर्ने सहमति गरेका छन् । चिनियाँ र रुसी अधिकारीहरूका अनुसार बिहीबार भएको तीन देशका शीर्ष नेताहरूको त्रिपक्षीय बैठकमा यस्तो सहमति जुटेको हो ।

बिहीबार चीनको सेन्जेनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चीनफिङ र भ्लादिमिर पुटिनबीच झन्डै डेढ घण्टा वार्ता भएको थियो । बैठकपछि चिनियाँ सञ्‍चारमाध्यमहरुबाट सार्वजनिक भएको चार बुँदे संयुक्त वक्क्तव्यमा तीनै देशका राष्ट्रप्रमुखले विश्वको वर्तमान अन्तर्राष्ट्रिय अवस्थाबारे गहन छलफल गरेको उल्लेख छ ।

रणनीतिक स्थिरता र अन्तर्राष्ट्रिय सुरक्षा कायम राख्ने प्रतिबद्धता पनि तीनवटै नेताहरुले व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको मूल उद्देश्यअनुरूप संयुक्त राष्ट्रसंघमा सुधार ल्याउने, तीनै देशले प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति बढाउने विषय संयुक्त विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, आणविक जोखिम न्युनिकरणका लागि आणविक हतियारको प्रसार रोक्न पनि तीनवटै देश प्रतिबद्ध रहेको उल्लेख छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) लगायतका वैश्विक निकायले आफ्नो अधिकारक्षेत्रको दुरुपयोग गर्न नहुने विषयमा पनि उनीहरूले सहमति जनाएका छन् ।

त्रिपक्षीय बैठकको सुरुवातमा प्रारम्भिक मन्तव्य दिँदै सीले विश्वव्यापी चुनौतीको सामना गर्न चीन, रुस र अमेरिका मिलेर काम गर्नुपर्ने बताए। चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार उनले आणविक हतियारमुक्त विश्व निर्माणका लागि आह्वान गरे ।

आणविक हतियारमाथि प्रतिबन्ध लगाइनुपर्ने र तिनलाई नष्ट गर्नुपर्ने उनको धारणा थियो । ठूला देशहरूले आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व, विन–विन सहकार्य तथा संवाद– परामर्शलाई आत्मसात् गर्नुपर्ने सीले बताए ।

सीले एक–अर्काको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने तथा कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताए  ।

ट्रम्पले यस भेटवार्तालाई आणविक हतियार नियन्त्रणका नियम तय गर्ने तथा युक्रेन र इरानमा जारी युद्ध अन्त्यको सुरुवात गर्ने अवसरका रूपमा व्याख्या गरेका थिए । ‘हामी वास्तवमै इतिहास रच्दैछौँ,’ छलफलको सुरुवातमै ट्रम्पले भने, ‘पृथ्वीमा आणविक हतियारको संख्या घटाउन र तिनको प्रयोग हुने जोखिम कम गर्नका लागि अमेरिका, रुस र चीन विशिष्ट स्थानमा छन् ।’

रुस र अमेरिकाबीचको अन्तिम आणविक हतियार सन्धि ‘न्यु स्टार्ट’ गत फेब्रुअरीमा समाप्त भइसकेको छ । ट्रम्पले अब चीनलाई समेत समेटेर नयाँ, परिष्कृत र आधुनिक सम्झौता गर्न चाहेको बताएका छन् । तर, अमेरिका र रुस प्रत्येकसँग ५ हजारभन्दा बढी आणविक वारहेड रहेको अनुमान गरिन्छ ।

जबकि, चीनसँग ६ सयभन्दा केही बढी मात्र आणविक वारहेड भएको मानिन्छ । त्यहीकारण, तुलनात्मक रुपमा आफुभन्दा निकै ठूलो आणविक आर्सनल रहेका देशसँग यसलाई नियन्त्रण गर्ने सम्झौता गर्न चीन इच्छुक छैन । ‘एकपटक आणविक हतियार भइसकेपछि त्यसलाई त्याग्न निकै गाह्रो हुन्छ,’ ट्रम्पले छलफलमा भने, ‘त्यसैले यस्ता हतियार त्याग्नु सहज काम होइन ।’

बिहीबार दिउँसो त्रिपक्षीय बैठक सुरु हुनुअघि अमेरिकी राष्ट्रपतिले चिनियाँ समकक्षी सी चिनफिङसँग छुट्टै ‘वान–अन–वान’ भेटवार्ता गरेका थिए, जुन यस वर्ष उनीहरूबीचको तेस्रो महत्त्वपूर्ण भेट हो । अमेरिकी राष्ट्रपतिले आफूहरूबीचको मित्रता गहिरो रहेको बताए । उनले हर्मुज जलमार्ग हुँदै तेल ढुवानी गर्ने विषय साझा सरोकार रहेको बताए । इरान युद्ध सुरु भएयता यो जलमार्गमा अवरोध छ । ट्रम्पले चीनलाई अमेरिकाबाट थप कृषि उपज खरिद गर्न दबाब दिने संकेत समेत गरे ।

सीले ट्रम्पको राष्ट्रपतीय कार्यकालमा अमेरिका र चीनबीचको सम्बन्ध ‘सामान्यतया स्थिर र सुधारोन्मुख’ रहेको बताए । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीले ट्रम्पसँग ताइवानको विषयमा छलफल गरेका छन् । त्यस्तै, आर्थिक तथा व्यापारिक मुद्दामा दुई देशबीचको संवाद सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

ट्रम्पले बिहीबारको आफ्नो कार्यतालिकामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छुट्टै भेटवार्ता पनि गरेका थिए । एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा पुटिनसँग हात मिलाएपछि ट्रम्पले थपे, ‘हामीबीच धेरै वर्षदेखि उत्कृष्ट सम्बन्ध रहँदै आएको छ ।’ उनीहरूबीचको भेटवार्ता करिब ४० मिनेट चलेको थियो । युक्रेनमा रुसले गरिरहेको युद्ध अन्त्यका लागि अमेरिकाले मध्यस्थता गरिरहेको छ । तर, अहिलेसम्म कुनै परिणाम मिलेको छैन । दुई नेताबीच गत वर्ष अमेरिकाको अलास्कामा पनि  भेट भएको थियो ।

अमेरिकी राष्ट्रपतिले त्रिपक्षीय बैठकमा अर्को एउटा एजेन्डा पनि थपेका थिए । बैठकको सुरुवातमै उनले तीनै देशका नेताहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालतजस्ता  विश्वव्यापी संस्थाहरूबाट आफ्नो राष्ट्रको सार्वभौमसत्ता जोगाउने उपायबारे छलफल गर्ने बताएका थिए ।

त्रिपक्षीय बैठकमा कृत्रिम बुद्धिमत्ता (एआई) विकास, आर्थिक सम्बन्ध सुधारलगायत विषयमा पनि छलफल भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ता सुरु

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ता सुरु

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ता सुरु वार्ताको उद्घाटन गर्दै चिनियाँ राष्ट्रपति सीले यो शिखर विश्व शान्तिका लागि ठूला शक्तिहरु मिलेर अघि बढ्नुपर्ने बताए मंसिर ३, २०८३ कान्तिपुर संवाददाता ...

#चिनियाँ #ट्रम्प #पुटिनबीच
Compare →
Onlinekhabar
2h ago
एपेक शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले सम्बोधन गरिरहँदा ट्रम्प उँघेपछि…

एपेक शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले सम्बोधन गरिरहँदा ट्रम्प उँघेपछि…

३ मंसिर, काठमाडौं । चीनको सेन्जेनमा आयोजित एपेक समिटमा वार्ताको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै सिटमा उँघिरहेको जस्तो देखिएको दृश्य अहिले चर्चामा छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया-प्यासिफिक क्षेत्रका लागि चीनका आशाहरू प्रस्तुत गरिरहेका थिए। …

#राष्ट्रपति #चिनियाँ #ट्रम्प
Compare →
Bizshala
1d ago
ट्रम्पका लागि चिनियाँ राष्ट्रपति सीले तोडे कूटनीतिक परम्परा, विमानस्थलमै पुगेर गरे भव्य स्वागत

ट्रम्पका लागि चिनियाँ राष्ट्रपति सीले तोडे कूटनीतिक परम्परा, विमानस्थलमै पुगेर गरे भव्य स्वागत

काठमाण्डौ । चीन र अमेरिकाबीच व्यापार तथा प्रविधिका क्षेत्रमा प्रतिस्पर्धा चर्किरहेका बेला चिनियाँ राष्ट्रपति सी...

#राष्ट्रपति #चिनियाँ #ट्रम्प
Compare →
Nagarik News
9h ago
ट्रम्प, सी जिनपिङ र पुटिनबीच आज पहिलो पटक त्रिपक्षीय बैठक हुँदै

ट्रम्प, सी जिनपिङ र पुटिनबीच आज पहिलो पटक त्रिपक्षीय बैठक हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पहिलो पटक एकै ठाउँमा बसेर बैठक गर्ने भएका छन्।

#राष्ट्रपति #ट्रम्प #पुटिनबीच
Compare →

Related Stories

World News
Build #2612