आयातको तुलनामा रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको छ ।
काठमाडौँ — चालु आर्थिक वर्ष २०८३-८४ को तीन महिना (साउनदेखि असोज) मा मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्ब तीन अर्बले धेरै भएको छ।
मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानीलगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो । यसलाई भुक्तानी सन्तुलन अथवा शोधानान्तर बचत समेत भनिन्छ ।
आयातको तुलनामा रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको छ ।
आयात बढेपनि अन्य आम्दानी पनि बढेको कारण मुलुकको चालु खाता पनि दुई खर्ब ७९ अर्ब रूपैयाँ नाफामा देखिएको छ । वार्षिक रूपमा भने आर्थिक वर्ष २०८०-८१ देखि यस्तो खाता नाफामा छ । चालु खातालाई मुलुकको खुद आम्दानीको रूपमा समेत हेरिन्छ ।