Trending
Prev Story
Next Story

जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय मारमा

Nagarik News •
November 17, 2026 • 10:54 AM
1
1 reads 0 reactions

मन्त्री चौधरीले जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय गम्भीर मारमा परेको बताएकी छिन्।

जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय मारमा

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय गम्भीर मारमा परेको बताएकी छिन्।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) द्वारा कोप–३१ अन्तर्गत आज यहाँ आयोजित नोक्सानी र क्षतिसम्बन्धी उच्चस्तरीय मन्त्रीस्तरीय संवादलाई सम्बोधन गर्दा सो धारण राखिन्।

संवादमा उनले नेपालका लागि नोक्सानी र क्षति सैद्धान्तिक बहस नभई दैनिक जीवनको यथार्थ भएको उल्लेख गरिन्।

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु परिवर्तनका गम्भीर असर भोग्नुपरेको बताउँदै मन्त्री चौधरीले हिमनदी पग्लिने क्रम तीव्र हुनु, हिमताल विस्फोटबाट हुने बाढी, पहिरो, खडेरी, वन डढेलो तथा अतिवृष्टिजस्ता घटनाले जनजीवन, जीविकोपार्जन, पूर्वाधार र पारिस्थितिक प्रणालीमा गम्भीर असर पारेको बताइन्।

उनले सन् २०२६ अगस्टमा आएको विनाशकारी रसुवा–भोटेकोशी बाढीलाई जलवायु सङ्कटको पछिल्लो गम्भीर उदाहरणका रूपमा प्रस्तुत गरिन्।

मन्त्री चौधरीले विपदबाट प्रारम्भिक अनुमानअनुसार करिब दुई अर्ब ७० करोड अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको र पुनरुत्थान तथा पुनस्निर्माणका लागि करिब चार अर्ब ८० करोड अमेरिकी डलर आवश्यक पर्ने जानकारी दिइन्।

नेपालले अति कम विकसित मुलुक तथा हिमाली राष्ट्रको जलवायु न्याय, समानता र उत्तरदायित्वका पक्षमा निरन्तर आवाज उठाउँदै आएको छ।

त्यसैगरी, राष्ट्रिय प्रणाली सुदृढीकरण तथा जलवायु उत्थानशीलता अभिवृद्धिलाई प्राथमिकता दिएको छ।

मुलुकले विकास साझेदारको सहयोगमा राष्ट्रिय जलवायु नीति, राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडिसी), हिमताल जोखिम न्यूनीकरणका लागि पूर्वचेतावनी प्रणाली, विपद् पुनरुत्थान तथा जलवायु परिवर्तनबाट उत्पन्न नोक्सानी र क्षतिसम्बन्धी राष्ट्रिय रणनीति निर्माणका काम अघि बढाइएको छ।

प्रकाशित: १ मंसिर २०८३ १६:३९ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
19h ago
कोप–३१ को पहिलो साता : हिमाल र जलवायु परिवर्तनको मुद्दाबारे के भयो निर्णय ?

कोप–३१ को पहिलो साता : हिमाल र जलवायु परिवर्तनको मुद्दाबारे के भयो निर्णय ?

अन्ताल्या (टर्किए) / जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप३१) को पहिलो साता सम्पन्न हुँदा हिमाल र जलवायु परिवर्तनको मुद्दाले अन्तरराष्ट्रियस्तरमा प्राथमिकता पाएको छ ।

#जलवायु #परिवर्तन
Compare →
Ekantipur
8h ago
नेपालको पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी प्रस्ताव कोप–३१ मा कभर डिसिजन सम्बोधन हुने

नेपालको पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी प्रस्ताव कोप–३१ मा कभर डिसिजन सम्बोधन हुने

पर्वतीय क्षेत्र तथा हिमनदीमा निर्भर समुदायहरू जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट विशेष रूपमा प्रभावित भइरहेको अवस्थालाई स्वीकार गर्दै ‘प्रेसिडेन्सी–लेड पार्टी–ड्रिभन कभर डिसिजन’ शीर्षकको मस्यौदामा समावेश गरिएको हो ।

#जलवायु #परिवर्तन
Compare →
Onlinekhabar
3h ago
अन्टाल्यामा स्थानीय सरकार बिनाको जलवायु कूटनीति कति सार्थक ?

अन्टाल्यामा स्थानीय सरकार बिनाको जलवायु कूटनीति कति सार्थक ?

टर्कीको अन्टाल्यामा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको ३१औँ पक्ष राष्ट्रहरूको सम्मेलन (कोप ३१) चलिरहँदा नेपालको संघीय सरकारका मन्त्रीहरू र उच्चपदस्थ कर्मचारीहरूको बाक्लो उपस्थिति देखिएको छ । अर्थमन्त्री, परराष्ट्रमन्त्री, वन तथा वातावरणमन्त्रीलगायतको टोलीले हिमाली पारिस्थितिकीय प्रणालीको …

#जलवायु
Compare →
Bizshala
10h ago
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १३ महिनायताकै न्यून विन्दुमा

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १३ महिनायताकै न्यून विन्दुमा

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ०.३५ प्रतिशतले घटेर...

#न्यून
Compare →

Related Stories

Science & Climate
Build #2612