तीन महिनामा घ्यु तेलमा सबैभन्दा धेरै १६.६८ प्रतिशत, फलफुलमा १५.९९ प्रतिशत, चिनी र चिनीले बनेका सामाग्रीमा १२.१४ प्रतिशले महंगी बढेको हो ।
काठमाडौँ — राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८३-८४ (साउनदेखि असोज) मा औसत मूल्य वृद्धि ६.२२ प्रतिशत छ । गत आर्थिक वर्ष २०८२-८३ को यही अवधिमा औसत मूल्य वृद्धि १.६७ प्रतिशत थियो ।
मासिक आधारमा असोजमा मात्रै ६.३७ प्रतिशतले मूल्य वृद्धि भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षअन्त्यसम्ममा औसत ५.५ प्रतिशतमा मूल्य वृद्धि सीमित राख्ने लक्ष्य राखेको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा घ्यु तेलमा सबैभन्दा धेरै १६.६८ प्रतिशत, फलफुलमा १५.९९ प्रतिशत, चिनी र चिनीले बनेका सामाग्रीमा १२.१४ प्रतिशत, माछामासुमा ७.३४ प्रतिशतले महंगी बढेको हो । तरकारीमा ७.०७ प्रतिशत र मरमसलामा ६.७१ प्रतिशतले मूल्य वृद्धि भएको छ ।
गैर–खाद्य तथा सेवा अन्तर्गत यातायात १२.७७ प्रतिशत, मदिरा तथा पेयपद्धार्थमा ८.८३ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलमा ७.०७ प्रतिशतले मूल्य वृद्धि भएको छ । त्यस्तै, फर्निसिङ तथा घरायसी उपकरणमा ६.०१ प्रतिशत र सुर्तिजन्य पद्धार्थको ५.४५ प्रतिशतले मूल्य बढेको हो ।