Trending
Prev Story
Next Story

विदेशी विनिमय सञ्चिति करिब ७ प्रतिशतले बढ्यो, १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने

Arthasansar •
November 19, 2026 • 01:06 PM
2
2 reads 0 reactions

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा विदेशी विनिमय सञ्चिति करिब ७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी विनिमय सञ्चिति करिब ७ प्रतिशतले बढ्यो, १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा विदेशी विनिमय सञ्चिति करिब ७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विदेशी सञ्चिति ६.८ प्रतिशतले बढेको हो ।

केन्द्रीय बैंकका अनुसार २०८३ असार मसान्तमा ३८९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.८ प्रतिशतले वृद्धि भई २०८३ असोज मसान्तमा रु.४१६१ अर्ब १४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ असोज मसान्तमा ८.२ प्रतिशतले वृद्धि भई २७ अर्ब ३९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८३ असार मसान्तमा रु.३४७३ अर्ब १९ करोड रहेकोमा २०८३ असोज मसान्तमा ६.४ प्रतिशतले वृद्धि भई रु.३६९५ अर्ब २४ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तमा रु.४२४ अर्ब ४८ करोड रहेकोमा २०८३ असोज मसान्तमा ९.८ प्रतिशतले वद्धि भई रु.४६५ अर्ब ९० करोड कायम भएको छ । २०८३ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८३÷८४ को तीन महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८३ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ६३ प्रतिशत, १४३.७ प्रतिशत र ४४.८ प्रतिशत रहेका छन् । २०८३ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
सार्वजनिक ऋण ३० खर्ब नाघ्यो

सार्वजनिक ऋण ३० खर्ब नाघ्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब नौ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सोही अवधिमा सर...

#२०८३ #मसान्त #असोज
Compare →
Ekantipur
19m ago
असोजमा ६.३७ प्रतिशतले बढ्यो महंगी

असोजमा ६.३७ प्रतिशतले बढ्यो महंगी

तीन महिनामा घ्यु तेलमा सबैभन्दा धेरै १६.६८ प्रतिशत, फलफुलमा १५.९९ प्रतिशत, चिनी र चिनीले बनेका सामाग्रीमा १२.१४ प्रतिशले महंगी बढेको हो ।

#असोज #प्रतिशतले
Compare →
Onlinekhabar
1h ago
विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब पुग्यो

विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब पुग्यो

३ मंसिर, काठमाडौं । मुलुकसँग विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय स्थिति रिपोर्ट अनुसार मुद्रा सञ्चिति २७ अर्ब ३९ करोड अमेरिकी डलर …

#सञ्चिति
Compare →

Related Stories

Business & Economy
Build #2612