Trending
Prev Story
Next Story

चीनको वैदेशिक मैत्री संघका अध्यक्ष याङ वानमिङ भक्तपुर भ्रमणमा

Ekantipur •
November 19, 2026 • 05:32 PM
2
2 reads 0 reactions

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग शिष्टाचार भेट गर्ने क्रममा उनले विश्व सम्पदा स्थलको अवलोकन गरेका हुन्।

चीनको वैदेशिक मैत्री संघका अध्यक्ष याङ वानमिङ भक्तपुर भ्रमणमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग शिष्टाचार भेट गर्ने क्रममा उनले विश्व सम्पदा स्थलको अवलोकन गरेका हुन्।

भक्तपुर — चीनको वैदेशिक मैत्री संघका अध्यक्ष याङ वानमिङले बिहीबार विश्व सम्पदा स्थल भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन्। प्रतिनिधिमण्डलले भक्तपुरका ऐतिहासिक, सांस्कृतिक तथा सम्पदास्थलहरू दरबार क्षेत्र, टौमढी र तालाक्वको अवलोकन गरी विश्व सम्पदा स्थलका विषयमा जानकारीसमेत लिएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग शिष्टाचार भेट गर्ने क्रममा उनले विश्व सम्पदा स्थलको अवलोकन गरेका हुन्। तीनदिने नेपाल भ्रमणका क्रममा भक्तपुर आएका उनले नगर प्रमुख प्रजापतिसँग भेटघाट तथा आपसी मैत्री सम्बन्धका विषयमा छलफल गरेका थिए।

वानमिङले भक्तपुर सहरले हासिल गरेको सफलता र विकासका लागि बधाई दिँदै नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले भक्तपुर भ्रमण गर्न पाउँदा खुसी व्यक्त गर्दै भ्रमणका क्रममा सहरलाई अझ गहिराइमा बुझ्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे। चिनियाँ पक्षले पनि भक्तपुरलाई विशेष महत्त्व दिइरहेको उनले बताए।

उनले रसुवाका बाढीपीडित जनतालाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका कार्य अघि बढाउने तथा केरुङ नाका पुनः सञ्चालन गर्ने विषयमा थप छलफल भइरहेको जानकारी दिँदै चिनियाँ पक्षले आफ्नो क्षमताअनुसार नेपाललाई निरन्तर सहयोग र समर्थन गर्दै आएको पनि बताए।

भेटका क्रममा नगर प्रमुख प्रजापतिले नेपाल र चीनबीचको सम्बन्ध इतिहासदेखि नै घनिष्ठ र मित्रवत् रहँदै आएको उल्लेख गरे।

भ्रमण टोलीमा चिनियाँ दूतावासका तर्फबाट मिनिस्टर काउन्सिलर चउन फान, चिनियाँ वैदेशिक जनमैत्री संघका उपमहासचिव ची योङच्युन, एसियाली तथा अफ्रिकी मामिला विभागका महानिर्देशक लिउ फाङ र उपनिर्देशक आइ लिन, चिनियाँ वैदेशिक मैत्री संघका अध्यक्षका सचिव चाङ छन, कर्मचारी होउ मङवेइ, कोङ स्यु, चउ थाओलगायतको उपस्थिति थियो।

सुन्दर शिल्पकार कान्तिपुर मिडिया ग्रुपका भक्तपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
6h ago
केरुङ नाका पुनः सञ्चालन गर्न चीन लागिरहेको छः अध्यक्ष याङ वानमिङ

केरुङ नाका पुनः सञ्चालन गर्न चीन लागिरहेको छः अध्यक्ष याङ वानमिङ

३ मङ्सिर, भक्तपुर । चीनको चिनियाँ वैदेशिकमैत्री सङ्घका अध्यक्ष याङ्ग वानमिङ्गले रसुवा भोटेकोशी बाढीपीडित जनतालाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका कार्यअघि बढाउने तथा केरुङ नाका पुनः सञ्चालन गर्न चीन लागिरहेको बताएका छन्। भक्तपुरमा नगरपालिकामा नगर प्रमुख सुनिल …

#भक्तपुर #चीन #याङ
Compare →
Nagarik News
1d ago
भक्तपुरमा एक महिनामा १४३ मुद्दा दर्ता, १११ जना फरार प्रतिवादी पक्राउ

भक्तपुरमा एक महिनामा १४३ मुद्दा दर्ता, १११ जना फरार प्रतिवादी पक्राउ

कार्तिक एक महिनामा भक्तपुरमा जबरजस्ती करणीका चार मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

#भक्तपुर
Compare →

Related Stories

World News
Build #2612