Trending
Prev Story
Next Story

विद्यार्थीसँगको सम्बन्धबाट बच्चा जन्माउने शिक्षिकालाई साढे ८ वर्ष जेल सजाय

Nagarik News •
November 19, 2026 • 04:14 PM
2
2 reads 0 reactions

अदालतका अनुसार क्रेगले सन् २०२३ मा विद्यालयमा संगीत पढाउने क्रममा ती बालकलाई भेटेकी थिइन्। उनी बालक सहभागी ब्यान्डकी प्रशिक्षक थिइन्। यही क्रममा उनले बालककी आमासँग मित्रता बढाइन् र परिवारको विश्वास जितिन्।

विद्यार्थीसँगको सम्बन्धबाट बच्चा जन्माउने शिक्षिकालाई साढे ८ वर्ष जेल सजाय

१२ वर्षका विद्यार्थीसँग दुर्व्यवहार गरेर बच्चा जन्माएकी एक पूर्वसंगीत शिक्षिकालाई अदालतले साढे ८ वर्ष जेल सजाय सुनाएको छ।

पश्चिमी अस्ट्रेलियाको मन्डुराहकी ३४ वर्षीया नाओमी टेकिया क्रेगले बालबालिकामाथि दुर्व्यवहार र शोषणसम्बन्धी १२ वटा अपराध स्वीकार गरेपछि उनलाई मंगलबार जेल सजाय सुनाइएको हो। उनले साढे ६ वर्ष जेल बिताएपछि प्यारोलका लागि आवेदन दिन पाउनेछिन्।

अदालतका अनुसार क्रेगले सन् २०२३ मा विद्यालयमा संगीत पढाउने क्रममा ती बालकलाई भेटेकी थिइन्। उनी बालक सहभागी ब्यान्डकी प्रशिक्षक थिइन्। यही क्रममा उनले बालककी आमासँग मित्रता बढाइन् र परिवारको विश्वास जितिन्।

बालकले अर्को विद्यालयमा भर्ना भएपछि पनि क्रेगले उनीसँग सम्पर्क कायम राखिन्। उनलाई विद्यालय पुर्‍याउने मात्र नभएर घरसम्म ल्याउने र लैजाने पनि गर्न थालिन्। परिवारको घरको साँचोसमेत उनीसँग नै थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार क्रेगले अगस्ट २०२४ देखि डिसेम्बर २०२५ सम्म बालकमाथि दुर्व्यवहार गरेकी थिइन्। त्यतिबेला बालक १२ देखि १३ वर्षका थिए। उनले बालकलाई उपहार दिने, संगीतको सदस्यता किनिदिने र सन्देशको जवाफ नदिए सदस्यता रद्द गर्नेलगायत धम्की दिने गरेकी थिइन्। उनले बालकको सामाजिक सञ्जाल गतिविधिसमेत निगरानी गर्थिन्।

मे २०२५ मा क्रेग गर्भवती भएकी थिइन्। उनले बालकलाई आफू उनीबाट थप बच्चा जन्माउन चाहेको बताएकी थिइन्। बालककी आमाले प्रहरीमा उजुरी दिएको केही सातापछि क्रेगले सन् २०२६ जनवरी ८ मा छोरी जन्माइन्। डीएनए परीक्षणबाट ती बालक नै बच्चाका पिता भएको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ।

डिसेम्बर २०२५ मा बालककी आमा र उनका साथीले घरमा गोप्य सीसीटीभी क्यामेरा जडान गरेका थिए। उक्त क्यामेरामा क्रेगले बालकमाथि दुर्व्यवहार गरिरहेको दृश्य कैद भएपछि परिवारले प्रहरीलाई खबर गरेको हो। अनुसन्धानका क्रममा प्रहरीले उनीहरूबिच भएका सन्देशसमेत फेला पारेको थियो।

अदालतमा अभियोजन पक्षका वकिल मार्क निकोलले घटनाले बालकको जीवनमा लामो समयसम्म असर पार्ने बताए। न्यायाधीश जोन प्रायरले बालक उमेरका कारण यौन गतिविधिमा कानुनी सहमति दिन सक्षम नरहेको भन्दै क्रेगको व्यवहारलाई विश्वासको गम्भीर उल्लंघन भनेका थिए।

क्रेगका वकिलले अपराधको समयमा उनको मानसिक स्वास्थ्यमा समस्या रहेको तर्कगरेका थिए। अदालतका अनुसार अपराधको समयमा क्रेगमा द्विध्रुवी विकार (बाइपोलार डिसअर्डर) र सीमारेखा व्यक्तित्व विकार (बोर्डरलाइन पर्सनालिटी डिसअर्डर) थियो।

उनलाई आजीवन यौन अपराधीको सूचीमा राख्ने आदेशसमेत अदालतले दिएको छ। साथै, पीडित बालकको पहिचान जीवनभर गोप्य राख्नुपर्ने आदेश पनि जारी गरिएको छ।

प्रकाशित: ३ मंसिर २०८३ २१:५९ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Arthasansar
6h ago
पहिलो चौमासिकमा साढे १९ अर्ब बराबरको एफडीआई प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

पहिलो चौमासिकमा साढे १९ अर्ब बराबरको एफडीआई प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

चालु आर्थिक वर्ष २०८३/८४ पहिलो चौमासिकममा साढे १९ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांक...

#साढे
Compare →
Onlinekhabar
7h ago
४ महिनामा साढे १९ अर्ब बराबर एफडीआई प्रतिबद्धता

४ महिनामा साढे १९ अर्ब बराबर एफडीआई प्रतिबद्धता

३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो चार महिना (साउन–कात्तिक) मा साढे १९ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार कात्तिक मसान्तसम्म १९ अर्ब ५५ करोड …

#साढे
Compare →

Related Stories

Education & Youth
Build #2612