पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गर्न प्रहरीले अनुमति लिएको छ ।
काठमाडौँ — पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गर्न प्रहरीले अनुमति लिएको छ । सीआईबीले अदालतबाट प्रक्राउ अनुमति लिएको हो ।
मलेसिया जाने श्रमिकमाथि भएको ठगी र त्यसबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीमाथि पक्राउ पुर्जी जारी भएको सीआईबीका एक अधिकारीले बताए । सोही प्रकरणमा प्रहरीले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।