Trending
Prev Story
Next Story

शिवशिखर सहकारीको बचत फिर्ता पाउने आशामा एक हजार बढीको बकपत्र

Onlinekhabar •
November 19, 2026 • 08:31 AM
3
3 reads 0 reactions

३ मंसिर, धनगढी । शिवशिखर सहकारीमा बचत गरेको रकम फिर्ता पाउने आशासहित कैलाली र कञ्चनपुरका एक हजार बढी बचतकर्ता जिल्ला अदालत कैलाली पुगेका छन् । सहकारी पीडित उनीहरू आफ्नो डुबेको बचत रकम फिर्ता पाउने अपेक्षासहित …

शिवशिखर सहकारीको बचत फिर्ता पाउने आशामा एक हजार बढीको बकपत्र

३ मंसिर, धनगढी । शिवशिखर सहकारीमा बचत गरेको रकम फिर्ता पाउने आशासहित कैलाली र कञ्चनपुरका एक हजार बढी बचतकर्ता जिल्ला अदालत कैलाली पुगेका छन् । सहकारी पीडित उनीहरू आफ्नो डुबेको बचत रकम फिर्ता पाउने अपेक्षासहित बकपत्रका लागि अदालत पुगेका हुन् ।

कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार बुधबार मात्रै एक हजार चार सय बचतकर्ताको विवरण रुजु गरेर अदालत पठाइएको थियो । प्रहरी कार्यालयमा आफ्नो नाम रुजु गराएर अदालत पुग्ने बचतकर्ताहरूको बुधबार ठूलो भिड लागेको थियो ।

सहकारीमा करिब २३ लाख रुपैयाँ बचत गरेको बताउने कञ्चनपुरको कृष्णपुर नगरपालिका–५, गुलरियाका प्रेमराज भट्ट जिल्ला अदालतबाट बकपत्रका लागि अर्को तारेख लिएर फर्किंदै थिए ।

‘सुरुमा जिल्ला प्रहरी कार्यालय गएर आफ्नो नाम रुजु गराएँ । त्यसपछि बकपत्रका लागि अदालत पुगेको थिएँ । यहाँ धेरै भीड भएकाले आज पालो आएन,’ भट्टले भने, ‘अब ८ गतेका लागि बोलाइएको छ । अरूलाई पनि यसरी नै तारेख दिइएको छ ।’ भट्ट अदालतको प्रक्रियाबाट रकम फिर्ता पाउनेमा आशावादी छन् ।

जिल्ला अदालत परिसरमा भेटिएका लम्कीचुहाका अर्का पीडित रणबहादुर भण्डारीले प्रहरी कार्यालयले जारी गरेको सूचनाका आधारमा बकपत्रका लागि आएको बताए । सहकारीले ठगी गरेको रकम फिर्ता पाउने आशा पलाएको उनको भनाइ छ ।

अदालतमा साक्षीका रूपमा हस्ताक्षर गरेको बताउने भण्डारीले पीडित बचतकर्ताले साँवा र ब्याजसहित रकम फिर्ता पाउनुपर्ने माग गरे ।

‘गाउँमा सानो खुद्रा पसल गरेर जीविकोपार्जन गर्ने हामीजस्ता सर्वसाधारणलाई बचतका नाममा ठगी गरिएको छ,’ भण्डारीले भने, ‘अहिले साँवा रकमसमेत नपाउने अवस्था छ । बैंकको ब्याजदरअनुसार सबै रकम फिर्ता हुन्छ भन्ने आशा जागेको छ ।’

कैलालीका निमित्त प्रहरी प्रमुख तिमिल्सिनाका अनुसार जिल्ला अदालतले उपलब्ध गराएको सूचीका आधारमा बचतकर्तालाई बकपत्रका लागि बोलाइएको हो । बचतकर्ताहरूलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराएर नाम रुजु गरेपछि बकपत्रका लागि सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत पठाइएको उनले बताए । ‘बुधबार मात्रै करिब एक हजार चार सय बचतकर्ताको विवरण रुजु गरेर अदालत पठाइएको छ,’ डीएसपी तिमिल्सिनाले भने ।

शिवशिखर सहकारीमा देशभरका सर्वसाधारणले बचत गरेको झन्डै १० अर्ब रुपैयाँ फसेको छ । यो नेपालको सबैभन्दा ठूलो सहकारी ठगी प्रकरणमध्ये एक हो । अदालतले पीडित बचतकर्तालाई बकपत्रका लागि बोलाएपछि उनीहरूमा डुबेको रकम फिर्ता पाउने आशा पलाएको छ ।

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
इमेज सहकारी ठगी मुद्दामा देवकुमार नेपालीको पुरक निवेदन, वास्तविक बचत एकिन गर्न जिल्ला अदालतद्वारा अस्वीकार

इमेज सहकारी ठगी मुद्दामा देवकुमार नेपालीको पुरक निवेदन, वास्तविक बचत एकिन गर्न जिल्ला अदालतद्वारा अस्वीकार

बागलुङ अदालतले अनुसन्धानका प्रमाण र अभियोग दाबीको विस्तृत विश्लेषणपछि मात्रै बचतकर्ताहरूको वास्तविक दायित्व निर्धारण हुने जनाएको छ।

#सहकारी-प्रकरण #बचत #सहकारी
Compare →
Nagarik News
1d ago
इमेज सहकारी ठगी: ढोरपाटनका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद, अरुलाई कति ?

इमेज सहकारी ठगी: ढोरपाटनका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद, अरुलाई कति ?

पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा कास्की जिल्ला अदालतले तत्कालीन संस्थापक अध्यक्ष तथा बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहित सात जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ।

#सहकारी-प्रकरण #बचत #सहकारी
Compare →
Hamro Patro News
1d ago
बैंकमा पाँच वर्षसम्मको मुद्दती र साधारण बचतमा एउटै ब्याजदर

बैंकमा पाँच वर्षसम्मको मुद्दती र साधारण बचतमा एउटै ब्याजदर

बैंकमा पाँच वर्षसम्मको मुद्दती र साधारण बचतमा एउटै ब्याजदर – चार वाणिज्य बैंकले पाँचवर्षे मुद्दती निक्षेपमा समेत साधारण बचत खातामा दिने बराबर मात्रै ब्याजदर दिन थाले, तीन वाणिज्य बैंकले तीन वर्षसम...

#बचत
Compare →

Related Stories

Business & Economy
Build #2612