Trending
Prev Story
Next Story

धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा झापामा २ को मृत्यु

Ekantipur •
November 19, 2026 • 06:32 AM
2
2 reads 0 reactions

झापाको बाह्रदशीमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुवैको घटनास्थलमै मृत्यु भएको हो । धान काट्ने मेसिनका चालक भने फरार छन् ।

धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा झापामा २ को मृत्यु

झापाको बाह्रदशीमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुवैको घटनास्थलमै मृत्यु भएको हो । धान काट्ने मेसिनका चालक भने फरार छन् ।

विराटनगर — झापाको बाह्रदशीमा धान काट्ने मेसिन र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २० वर्षीय गोपाल ताजपुरिया र १७ वर्षीय अशोक राजवंशी छन् । गोपाल मोटरसाइकलको पछाडि सवार थिए भने अशोकले मोटरसाइकल चलाएका थिए ।

प्रहरीका अनुसार बुधवार राति करिब १०ः४० बजे चारपाने–राजगढ भित्री सडकखण्डमा राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनापछि धान काट्ने मेसिन छाडेर चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुवै मृतकको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
53m ago
धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा झापामा २ को मृत्यु

धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा झापामा २ को मृत्यु

धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा झापामा २ को मृत्यु झापाको बाह्रदशीमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुवैको घटनास्थलमै मृत्यु भएको हो । धान काट्ने मेसिनका चालक भने फरार छन् । मंसिर ३, २०...

#मोटरसाइकल #धान #काट्ने
Compare →
Nagarik News
2h ago
धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ।

#मोटरसाइकल #धान #काट्ने
Compare →
Onlinekhabar
4h ago
झापामा ट्याक्टर र मोटरसाइकल ठोक्कियो, दुई जनाको मृत्यु

झापामा ट्याक्टर र मोटरसाइकल ठोक्कियो, दुई जनाको मृत्यु

३ मंसिर, काठमाडौं । झापाको बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने राजगढ भित्री सडक खण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । राजगढबाट चारपाने तर्फ जादै गरेको प्र१–०१–०१२प ४६३८ नम्बरकको मोटरसाइकल र विपरीत दिशाबाट …

#मोटरसाइकल #मृत्यु #झापा
Compare →
Bizshala
17h ago
किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

काठमाण्डौ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ मा किसानबाट १...

#धान
Compare →

Related Stories

Business & Economy
Build #2612