Trending
Prev Story
Next Story

दसौं राष्ट्रिय खेलकुद : ३२ खेलका ३८४ इभेन्ट हुने, केही खेल उद्घाटनअघि नै

Ekantipur •
November 19, 2026 • 06:32 AM
4
4 reads 0 reactions

सुर्खेतमा २३ तथा नेपालगन्ज र बर्दियामा दुई–दुई खेल आयोजना गरिनेछ। त्यस्तै दैलेख, कालिकोट र पश्चिम रुकुममा एक–एक तथा सल्यानमा दुई खेल सञ्चालन हुनेछन्।

दसौं राष्ट्रिय खेलकुद : ३२ खेलका ३८४ इभेन्ट हुने, केही खेल उद्घाटनअघि नै

सुर्खेतमा २३ तथा नेपालगन्ज र बर्दियामा दुई–दुई खेल आयोजना गरिनेछ। त्यस्तै दैलेख, कालिकोट र पश्चिम रुकुममा एक–एक तथा सल्यानमा दुई खेल सञ्चालन हुनेछन्।

काठमाडौँ — दसौं राष्ट्रिय खेलकुदमा ३२ खेलका ३ सय ८४ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ ।

मंसिर ८ देखि विभिन्न १० खेलका प्रतिस्पर्धा सुरु गर्ने तयारी छ । प्रतियोगितामा सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र एनआरएनएका गरी ११ टिम सहभागी हुनेछन्।प्रतियोगिताका केही खेल भने उद्घाटनअघि नै सञ्चालन हुनेछन् ।

प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा गर्ने राष्ट्रिय खेलकुद परिषद्ले (राखेप) ले जनाएको छ । प्रतियोगिताको समापन मंसिर २७ गते हुनेछ ।

प्रतियोगिता सञ्चालनका लागि सुर्खेतमा २३ तथा नेपालगन्ज र बर्दियामा दुई–दुई खेल आयोजना गरिनेछ। त्यस्तै दैलेख, कालिकोट र पश्चिम रुकुममा एक–एक तथा सल्यानमा दुई खेल सञ्चालन हुनेछन्।

प्रतियोगिताका लागि ३ सय ८४ स्वर्ण, ३ सय ८४ रजत र ५ सय ६९ कांस्य गरी कुल १ हजार ३ सय ३७ पदक निर्धारण गरिएको छ।

राखेपका अनुसार व्यक्तिगततर्फ स्वर्ण पदक विजेताले २० हजार, रजत विजेताले १५ हजार र कांस्य पदक विजेताले ८ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। टिमतर्फ स्वर्ण पदक विजेतालाई १५ हजार, रजतलाई १० हजार र कांस्यलाई ८ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। रजत र कांस्य पदक विजेतालाई पनि नगद पुरस्कार दिने व्यवस्था यसपटक गरिएको राखेपले जनाएको छ।

विनयज्योति सापकोटा कान्तिपुर टेलिभिजनका खेलकूद संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
दसौं राष्ट्रिय खेलकुद अवधिभर दैनिक ११०० प्रहरी खटिने

दसौं राष्ट्रिय खेलकुद अवधिभर दैनिक ११०० प्रहरी खटिने

मुख्य आयोजक जिल्ला सुर्खेतसहित कर्णाली प्रदेशका चार जिल्लामा हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरक्षाका लागि दैनिक झन्डै एक हजार एक सय प्रहरी खटिने भएका छन्। मंसिर ८ देखि २७ गतेसम्म सञ्चाल...

#खेलकुद #दसौं
Compare →
Onlinekhabar
1h ago
१०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

१०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

३ मंसिर, काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र …

#खेलकुद
Compare →
Bizshala
1w ago
उछालको केही घण्टामै सुनचाँदीमा भारी गिरावट किन आयो ?

उछालको केही घण्टामै सुनचाँदीमा भारी गिरावट किन आयो ?

काठमाण्डौ । सोमबार १ प्रतिशतभन्दा बढी उक्लिएको अन्तर्राष्ट्रिय सुनको भाउ मंगलबार केही घण्टामै उल्टियो। कारोबारको...

#केही
Compare →
Nagarik News
1w ago
इटहरीमा श्रीमानको मृत्यु भएको केही समयपछि श्रीमतीको पनि ज्यान गयो

इटहरीमा श्रीमानको मृत्यु भएको केही समयपछि श्रीमतीको पनि ज्यान गयो

इलाका प्रहरी कार्यालय दुवैको पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको छ ।

#केही
Compare →

Related Stories

Sports
Build #2612