Trending
Prev Story
Next Story

चितवन सुदूरपश्चिमको सामना गर्न तयार

Ekantipur •
November 18, 2026 • 04:02 PM
7
7 reads 0 reactions

बिहीबार हुने दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ र त्यसको विजेताले एनपीएलको फाइनल खेल्नेछ ।

चितवन सुदूरपश्चिमको सामना गर्न तयार

बिहीबार हुने दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ र त्यसको विजेताले एनपीएलको फाइनल खेल्नेछ ।

काठमाडौँ — चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को इतिहासमै बुधबार पहिलो पटक क्वालिफायर–२ पुगेको छ । यसका लागि उसले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई सजिलै ६१ रनले हरायो । यो उपलब्धिमा कप्तान रवि बोपाराले खुसी व्यक्त गरे ।

उनले भने, ‘नेपालमा खेल्दाको खुसी बेग्लै छ । आजै मैले टी–२० क्रिकेटको पाँच सयौं खेल पनि खेलेँ ।’ उनले आफ्ना खेलाडीको प्रदर्शनको पनि प्रशंसा गरे, विशेषतः कमिल मिशराको । उनले भने, ‘मैले देखेका शतकीय इनिङ्समध्ये यो पनि एक रह्यो । भोलि सुदूरपश्चिमको सामना गर्दैछौं र त्यसका लागि तयार छौं ।’

चितवनले पहिले ब्याटिङ गर्दै चार विकेटमा २ सय ४ रन बनायो । जवाफमा काठमाडौंले नौ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । अब बिहीबार हुने दोस्रो क्वालिफायरमा चितवनले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ र त्यसको विजेताले फाइनल खेल्नेछ ।

चितवनको जितका नायक रहे, श्रीलंकाली बायाँहाते ओपनर मिसरा । उनले नटआउट रहेर १ सय २० रन बनाए । प्रतियोगिताको इतिहासमै यो अहिलेसम्मकै व्यक्तिगत उच्च स्कोर हो । उनले ५९ बलमा पाँच चौका र १० छक्का प्रहार गरे ।

उनी नै खेलका निर्विवाद ‘प्लेयर अफ द म्याच’ भए । उनले भने, ‘आज मैले मौका पाएँ र त्यसको सदुपयोग गरेँ । आज मैले आफ्नो स्वाभाविक खेल खेलेँ र शतक बनाउन सफल रहेँ । बोपारासँग मिलेर ब्याटिङ गर्दा पनि सजिलो भएको छ । भोलि राम्रो खेल्ने प्रयास गर्नेछु ।’

यस्तै, पराजित टिम काठमाडौंका कप्तान करण केसीले आफ्नो टिम फेरि एकपटक इलिमिनेटरबाट बाहिरिएकोमा दुःख व्यक्त गरे । उनले भने, ‘हामीले केही क्याच छुटायौं र त्यसैको मूल्य चुकायौं । हाम्रो फिल्डिङ राम्रो रहेन । मिशराले पनि राम्रो प्रदर्शन गरे । आज हाम्रो दिन नै रहेन ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
6h ago
काठमाडौंलाई ६१ रनले हराउँदै चितवन क्वालिफायर-२ मा, अब सुदूरपश्चिमसँग भिड्ने

काठमाडौंलाई ६१ रनले हराउँदै चितवन क्वालिफायर-२ मा, अब सुदूरपश्चिमसँग भिड्ने

नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनको फराकिलो अन्तरले पराजित गर्दै चितवन राइनोज क्वालिफायर-२ मा प्रवेश गरेको छ। यो हारसँगै काठमाडौं गोर्खाज प्रतियोगिताबाट बाहिरिएको छ।

#एनपीएल #चितवन #क्वालिफायर
Compare →
Onlinekhabar
6h ago
काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमाडौं । कमिल मिशाराको शानदार शतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा काठमान्डु गोर्खाजलाई पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । टीयू मैदानमा बुधबार भएको एलिमिनेटरमा चितवनले काठमान्डु गोर्खाजलाई ६१ …

#एनपीएल #चितवन #क्वालिफायर
Compare →
Hamro Patro News
1d ago
एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १ सय ६ रनको लक्ष्य

एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १ सय ६ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले लुम्बिनीसामु १ सय ६ रन...

#एनपीएल #सुदूरपश्चिम #क्वालिफायर
Compare →
Arthasansar
10h ago
एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

चितवन राइनोजले नेपाल प्रिमियर लिगक (एनपीएल)को आजको एलिमिनेटर खेलमा टस जितेको छ। चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय...

#एनपीएल #चितवन
Compare →

Related Stories

Sports
Build #2612