Trending
Prev Story
Next Story

काठमाडौंलाई ६१ रनले हराउँदै चितवन क्वालिफायर-२ मा, अब सुदूरपश्चिमसँग भिड्ने

Nagarik News •
November 18, 2026 • 03:02 PM
7
7 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनको फराकिलो अन्तरले पराजित गर्दै चितवन राइनोज क्वालिफायर-२ मा प्रवेश गरेको छ। यो हारसँगै काठमाडौं गोर्खाज प्रतियोगिताबाट बाहिरिएको छ।

काठमाडौंलाई ६१ रनले हराउँदै चितवन क्वालिफायर-२ मा, अब सुदूरपश्चिमसँग भिड्ने

नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनको फराकिलो अन्तरले पराजित गर्दै चितवन राइनोज क्वालिफायर-२ मा प्रवेश गरेको छ। यो हारसँगै काठमाडौं गोर्खाज प्रतियोगिताबाट बाहिरिएको छ।

बुधबार राति कीर्तिपुरमा हात पारेको सानदार जितसँगै चितवनले अब फाइनल प्रवेशका लागि क्वालिफायर-२ मा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको विजेताले उपाधिका लागि फाइनलमा लुम्बिनीसँग खेल्नेछ।

चितवनले प्रस्तुत गरेको २०५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रनमा समेटियो। बलिङतर्फ रिजन ढकाल र उसामा मिरको घातक प्रदर्शनसामु काठमाडौंका ब्याटरहरू टिक्न सकेनन्।

चितवनका लागि रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र १६ रन खर्चेर ४ विकेट लिए।

त्यस्तै, उसामा मिरले ४ ओभरमा मात्र १५ रन दिएर ३ महत्वपूर्ण विकेट हात पारे। कुशल मल्ल र सलाहुद्दिन खानले १-१ विकेट लिए भने कमल ऐरीले ४ ओभरमा १६ रन खर्चेर कसिलो बलिङ गरे।

२०५ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंको सुरुवात नै खराब रह्यो। पावरप्लेमा ३६ रन जोड्दा २ विकेट गुमाएको काठमाडौंले मध्यक्रममा पनि लगातार विकेट खेर फाल्यो। ९१ रन जोड्दा ५औं विकेट गुमाएको काठमाडौं ९४ रनमा ७ विकेट गुमाउँदै गहिरो संकटमा परेको थियो।

काठमाडौंका लागि विलियम बोसिस्टोले २८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए। तल्लो क्रममा अविजित रहेका भीम सार्कीले १७ बलमा ३ छक्कासहित ३० रन जोड्दै हारको अन्तर कम गरे।

सहन अराच्चिगेले १३ बलमा २४, राशिद खानले १२ र सन्तोष यादवले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।

सोनु देवकोटा ६, गणेश गौतम अविजित ४, साम हिजलेट ३, ओपनर साहिल पटेल २ तथा कप्तान करण केसी र जहानदाद खान समान १-१ रनमा आउट भए।

यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रनको विशाल योगफल तयार पारेको थियो।

२२ रनमै २ विकेट गुमाएर दबाबमा परेको चितवनलाई विकेटकिपर कामिल मिशारा र कप्तान रवि बोपाराले तेस्रो विकेटका लागि १५४ रनको सानदार साझेदारी गर्दै उकासे।

विस्फोटक ब्याटिङ गरेका मिशाराले ५९ बलमा ५ चौका र १० छक्का प्रहार गर्दै अविजित १२० रन बनाए। उनले ३३ बलमा अर्धशतक र ५३ बलमा शतक पूरा गरेका थिए।

कप्तान बोपाराले ४२ बलमा ३ चौका र २ छक्काको मद्दतले ५३ रन जोडे। देव खनालले १७ र विवेक यादवले ३ बलमा ८ रन थप्दा डेविड मलान शून्य र कुशल मल्ल अविजित शून्य रनमा रहे।

पावरप्लेमा ३४ रन जोडेर २ विकेट गुमाएको चितवनले १२.४ ओभरमा १०० र १९.४ ओभरमा २०० रनको आँकडा पार गरेको थियो।

काठमाडौंका बलरमध्ये कप्तान करण केसीले चौथो ओभरमा लगातार दोहोरो झट्का दिँदै ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए भने राशिद खानले ४ ओभरमा ३८ रन दिएर २ विकेट हात पारे।

जहानदाद खान, सहन अराच्चिगे, सन्तोष यादव, गणेश गौतम र सोनु देवकोटा विकेटविहीन रहे।

प्रकाशित: २ मंसिर २०८३ २०:४७ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
6h ago
काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमाडौं । कमिल मिशाराको शानदार शतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा काठमान्डु गोर्खाजलाई पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । टीयू मैदानमा बुधबार भएको एलिमिनेटरमा चितवनले काठमान्डु गोर्खाजलाई ६१ …

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Hamro Patro News
16h ago
एनपीएल एलिमिनेटर : चितवन र काठमाडौंको परीक्षा, उपाधि होडबाट को बाहिरिएला ?

एनपीएल एलिमिनेटर : चितवन र काठमाडौंको परीक्षा, उपाधि होडबाट को बाहिरिएला ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आफ्नो उपाधि होडलाई जीवित राख्न आज चितवन राइनोज र काठमाडौं गोर्खाजबीच निर्णायक भिडन्त हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिके...

#एनपीएल #प्रिमियर-लिग #काठमाडौं
Compare →
Ekantipur
5h ago
चितवन सुदूरपश्चिमको सामना गर्न तयार

चितवन सुदूरपश्चिमको सामना गर्न तयार

बिहीबार हुने दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ र त्यसको विजेताले एनपीएलको फाइनल खेल्नेछ ।

#एनपीएल #चितवन #क्वालिफायर
Compare →
Arthasansar
10h ago
एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

चितवन राइनोजले नेपाल प्रिमियर लिगक (एनपीएल)को आजको एलिमिनेटर खेलमा टस जितेको छ। चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Bizshala
12h ago
काठमाण्डौमा भोलिदेखि  स्टार्टअप तथा इनोभेसन प्रदर्शनी हुँदै, एआईदेखि रोबोटिक्ससम्मका प्रविधि प्रदर्शन गरिने

काठमाण्डौमा भोलिदेखि स्टार्टअप तथा इनोभेसन प्रदर्शनी हुँदै, एआईदेखि रोबोटिक्ससम्मका प्रविधि प्रदर्शन गरिने

काठमाण्डौ । नेपालको स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डौमा ‘स्टार्टअप एण्ड...

#काठमाडौं
Compare →

Related Stories

Sports
Build #2612