Trending
Prev Story
Next Story

आर्मीलाई हराउँदै एपीएफ धरान महिला गोल्डकपको फाइनलमा

Ekantipur •
November 18, 2026 • 04:02 PM
7
7 reads 0 reactions

पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मीलाई २–० गोलले पराजित गरेको एपीएफले बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

आर्मीलाई हराउँदै एपीएफ धरान महिला गोल्डकपको फाइनलमा

पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मीलाई २–० गोलले पराजित गरेको एपीएफले बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

सुनसरी — विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लब रात्रिकालीन प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। धरान–१६ स्थित धरान रंगशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै एपीएफले उपाधि यात्रा तय गरेको हो।

विभागीय फुटबलका दुई बलिया टोलीबीचको प्रतिस्पर्धामा एपीएफले पहिलो हाफमै २ गोल गरेको थियो। एपीएफको जितमा कप्तान अनिता बस्नेत र गीता राणाले गोल गरे। खेलको नवौँ मिनेटमा कप्तान अनिताले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन्।

पहिलो हाफको अन्तिम समयमा एपीएफले पेनाल्टी पाएको थियो। आर्मीकी दीपा शाहीले एपीएफकी रश्मिकुमारी घिसिङलाई फाउल गरेपछि रेफ्रीले एपीएफलाई पेनाल्टीको अवसर दिएका थिए। उक्त अवसरलाई गीता राणाले गोलमा परिणत गर्दै पहिलो हाफको ४४औँ मिनेटमा एपीएफको अग्रता २–० पुर्‍याइन्।

दोस्रो हाफमा आर्मीले गोल फर्काउन प्रयास गरे पनि एपीएफको रक्षापंक्ति तोड्न सकेन। अग्रता जोगाउन सफल एपीएफले अन्ततः २–० को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो।

एपीएफले प्रतियोगितामा सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै आएको छ। क्वाटरफाइनलमा भारतको झारखण्डस्थित अक्वा फुटबल क्लबलाई ७–० गोलले पराजित गर्दै एपीएफले सेमिफाइनल यात्रा तय गरेको थियो। उक्त खेलमा पूर्णिमा राईले चार गोल गरेकी थिइन्।

त्यस्तै, आर्मीले क्वाटरफाइनलमा बागमती युथ क्लब सर्लाहीलाई ९–० गोलको फराकिलो अन्तरले हराउँदै एपीएफसँगको सेमिफाइनल भिडन्त पक्का गरेको थियो। उक्त खेलमा दीपा शाहीले चार गोल र जेनिफर रानाले ह्याट्रिक गरेकी थिइन्।

यससँगै एपीएफ प्रतियोगिताको उपाधिबाट एक जित टाढा पुगेको छ। प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार नेपाल पुलिस क्लब र आयोजक स्वर्णिम फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले फाइनलमा एपीएफसँग उपाधिका लागि भिड्नेछ।

डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले ट्रफीसहित पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

धरानमा पहिलो पटक महिला फुटबलको अन्तर्राष्ट्रिय क्लबस्तरीय प्रतियोगिता रात्रिकालीन रूपमा आयोजना गरिएको हो। प्रतियोगिता मंसिर ५ गते सम्पन्न हुनेछ।

अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
गाईघाटलाई ५–० ले हराउँदै स्वर्णिम सेमिफाइनलमा

गाईघाटलाई ५–० ले हराउँदै स्वर्णिम सेमिफाइनलमा

गाईघाटलाई ५–० ले हराउँदै स्वर्णिम सेमिफाइनलमा धरान रंगशालामा आइतबार भएको क्वाटरफाइनल खेलमा स्वर्णिमले गाईघाट फुटबल क्लब उदयपुरलाई ५–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । कार्त...

#सेमिफाइनल #धरान #हराउँदै
Compare →
Nagarik News
3d ago
महिला अन्तर्राष्ट्रिय गोल्डकपमा पूर्णिमाको चार गोल, भारतीय टोली ७-० ले पराजित

महिला अन्तर्राष्ट्रिय गोल्डकपमा पूर्णिमाको चार गोल, भारतीय टोली ७-० ले पराजित

धरानमा शनिबारदेखि सुरु भएको रात्रिकालीन प्रतियोगिताको उद्घाटन खेलमा एपिएफका पूर्णिमा राईले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

#गोल #गोल्डकप
Compare →
Onlinekhabar
6h ago
काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमाडौं । कमिल मिशाराको शानदार शतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा काठमान्डु गोर्खाजलाई पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । टीयू मैदानमा बुधबार भएको एलिमिनेटरमा चितवनले काठमान्डु गोर्खाजलाई ६१ …

#हराउँदै #फाइनल
Compare →

Related Stories

Sports
Build #2612