Trending
Prev Story
Next Story

काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने सुमनाको घोषणा

Ekantipur •
November 18, 2026 • 07:02 AM
5
5 reads 0 reactions

उनले सामाजिक संजालबाट आफु मेयरमा उठने निर्णयमा पुगेको सार्वजनिक गरेकी हुन् । ४ बैशाखमा उनले रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने सुमनाको घोषणा

उनले सामाजिक संजालबाट आफु मेयरमा उठने निर्णयमा पुगेको सार्वजनिक गरेकी हुन् । ४ बैशाखमा उनले रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदबाट राजीनामा दिएर दलविहिन बनेकी सुमना श्रेष्ठले आगामी स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

उनले सामाजिक संजालबाट आफू मेयरमा उठ्ने निर्णयमा पुगेको सार्वजनिक गरेकी हुन् । ४ बैशाखमा उनले रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

उनले मेयर पदको उम्मेदवारीको घोषणा गरेपनि कुनै दलबाट उनी मेयरमा उठ्न लागेकी हुन् वा स्वतन्त्र उठ्ने निर्णयमा पुगेकी हुन् भन्नेबारे खुलाएकी छैनन् ।

मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।

रास्वपाबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी सुमना २०८० फागुन २३ मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएकी थिइन् ।

संसद्‌मा छँदा उनले क्यालेन्डर बनाउनुपर्ने माग राखेर त्यसलाई व्यवहारमा उतार्न बाध्य बनाएकी थिइन् भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा समेत सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।

काठमाडौं महानगरपालिका–२६ की स्थायी बासिन्दा श्रेष्ठले व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी छिन् । उनले अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) स्लोन स्कुल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी हुन् ।

त्यसभन्दा अघि उनले अमेरिकाकै ब्रिन मार कलेजबाट अर्थशास्त्रमा र ह्याभरफोर्ड कलेजबाट गणितमा स्नातक गरेकी थिइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
33m ago
काठमाडौंको मेयरमा उम्मेदवारी दिने सुमनाको घोषणा

काठमाडौंको मेयरमा उम्मेदवारी दिने सुमनाको घोषणा

२ मंसिर, काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले मेयर पदमा उम्मेदवारी दिने घोषणा फेसबुकमार्फत् गरेकी हुन् । उनले अहिले कुनै पार्टीबाट काठमाडौंको मेयर पदमा निर्वाचन लड्ने हुन् …

#काठमाडौं-महानगर #मेयर #काठमाडौं
Compare →
Nagarik News
38m ago
सुमना श्रेष्ठले काठमाडौंको मेयरमा उम्मेदवारी दिने

सुमना श्रेष्ठले काठमाडौंको मेयरमा उम्मेदवारी दिने

पूर्वसांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

#काठमाडौं-महानगर #मेयर #काठमाडौं
Compare →
Hamro Patro News
21h ago
वालेन्द्र, रवि र दुई सांसदसँगै देखिएका चुनावका तस्बिर पोष्ट गर्नेलाई नगद पुरस्कार दिने घोषणा

वालेन्द्र, रवि र दुई सांसदसँगै देखिएका चुनावका तस्बिर पोष्ट गर्नेलाई नगद पुरस्कार दिने घोषणा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र सूर्य लामा सँगै देखिएक...

#रास्वपा #घोषणा
Compare →

Related Stories

National (Nepal)
Build #2612