Trending
Prev Story
Next Story

कृत्रिम जलाशयले वन्यजन्तुलाई पानी, बस्तीमा सिँचाइ

Ekantipur •
November 18, 2026 • 07:02 AM
4
4 reads 0 reactions

हुप्सेकोट र आसपासका सामुदायिक वनमा १५ पोखरी निर्माण गरिएपछि सुकेका मुहान, कुवा र वन्यजन्तुका पानीका स्रोतमा सुधार आएको छ।

कृत्रिम जलाशयले वन्यजन्तुलाई पानी, बस्तीमा सिँचाइ

हुप्सेकोट र आसपासका सामुदायिक वनमा १५ पोखरी निर्माण गरिएपछि सुकेका मुहान, कुवा र वन्यजन्तुका पानीका स्रोतमा सुधार आएको छ।

नवलपुर — पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ स्थित जोल्टे पोखरी सामुदायिक वनमा पानीका स्रोत र घोल सुक्न थालेका थिए । वनभित्र पानीका स्रोत सुक्दै जाँदा वन्यजन्तुलाई पानीको अभाव हुन थालेको थियो भने बोटबिरुवामा पनि असर परेको थियो ।

सबैभन्दा बढी समस्या माथिल्लो भागमा रहेको वनका पानीका स्रोत सुक्दै जाँदा तल्लो बस्तीका कुवा पनि हिउँदमा सुक्न थालेपछि देखियो । सुक्खायाममा सिँचाइ र खानेपानीको समेत अभाव हुन थालेपछि सामुदायिक वनका उपभोक्ता पानी संरक्षणका लागि जुटे । उनीहरूले वनभित्र संरक्षण पोखरी र चन्द्राकारका पोखरी निर्माण गरे ।

उनीहरूको यो प्रयासमा डब्लूडब्लूएफमार्फत सहमति संस्थाले प्रकृतिमा आधारित समाधान कार्यक्रमअन्तर्गत आर्थिक तथा प्राविधिक सहयोग गर्‍यो । जोल्टे पोखरी सामुदायिक वनभित्र मात्रै साना–ठूला गरी १५ वटा पानी जम्मा हुने पोखरी निर्माण गरिएका छन् । ती पोखरीमा वर्षाको र खोल्साको पानी संकलन गरिन्छ । माथिल्लो भागमा रिचार्ज पोखरी निर्माण गरेको दुई वर्षपछि तल्लो बस्तीमा हिउँदमा सुक्ने कुवामा समेत पानी आउन थालेको जोल्टे पोखरी सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष रुपा रानामगरले बताइन् ।

‘प्रकृतिमा आधारित समाधान कार्यक्रमअन्तर्गत वनमा पोखरी निर्माण गरेको दुई वर्षपछि सुकेको मुहानमा पनि फेरि पानी आउन थालेको छ,’ उनले भनिन्, ‘यसले तरकारी खेतीमा सिँचाइ गर्न सहज भएको छ । उपभोक्ताले अर्गानिक खेती गरेर आम्दानी पनि गरिरहेका छन् ।’

नवलपुरकै शंखदेव सामुदायिक वनमा पहिरोले वर्षेनि दुःख दिने गरेको थियो । पहिरोको लेदोले गर्दा एउटा घर नै विस्थापित हुनुपर्ने अवस्था आएको थियो । पहिरो नियन्त्रण र तटबन्ध निर्माणका लागि ठूलो रकम लाग्ने भएपछि स्थानीय उपभोक्ताले बाँस, ढुंगा र काठ प्रयोग गरेर विभिन्न तहमा पानी र माटोको बहाव कम गर्ने प्रयास गरे । यसले गर्दा दुई–तीन वर्षमै बाँस, ढुंगा र घाँसपातले बाँध बनाएको ठाउँमा बोटबिरुवा उम्रिन थाले । विस्तारै पहिरो आउने क्रम पनि रोकिएको वनका अध्यक्ष प्रेमप्रसाद तिवारीले बताए ।

ससाना पहिरोलाई बायोइन्जिनियरिङ प्रविधिमार्फत रोक्न सकिने रहेछ भन्ने विश्वास लागेको उनले बताए । यही प्रविधि प्रयोग गरेर स्थानीयले गुन्द्रही खोलामा पनि प्रकृतिमा आधारित बाँध निर्माण गरेका छन् ।

जलवायु परिवर्तनका कारण तराई क्षेत्रमा रहेका सिमसार र तालतलैया सुक्दै जान थालेका छन् । मानव बस्ती आसपासका तालतलैया संरक्षणमा धेरैको चासो हुने गरे पनि वनभित्रका पानीका स्रोत संरक्षणमा भने खासै ध्यान दिएको पाइँदैन । यसले गर्दा पानी र आहारको खोजीमा वन्यजन्तु बस्ती पस्ने र मानव–वन्यजन्तु द्वन्द्व बढ्ने गरेको छ ।

यसलाई कम गर्ने उद्देश्यले गुन्द्रही ढकाहा सामुदायिक वन मध्यवर्ती समितिले वनभित्र वन्यजन्तुका लागि कृत्रिम ताल निर्माण गरेको छ । यसले जंगली जनावरलाई पानी पिउन सहज बनाउनुका साथै वरपरका पानीका स्रोत संरक्षणमा पनि टेवा पुगेको समितिका अध्यक्ष नरबहादुर थनैतले बताए ।

‘पानीका स्रोत संरक्षणबिना वनको अस्तित्व रहँदैन । सामुदायिक वन आफैंले ठूलो लगानीमा ताल बनाउन सक्ने अवस्था पनि थिएन,’ थनैतले भने, ‘डब्लूडब्लूएफ र सहमति संस्थाको सहयोगमा पोखरी निर्माण भएपछि यो क्षेत्रमा जनावरको आवागमन बढेको छ । पर्यटकले पनि सहजै जनावर हेर्न पाएका छन् ।’

सामुदायिक वन संरक्षणसँगै उपभोक्तालाई अर्गानिक खेती, माछापालन, बाख्रापालन, मौरीपालन र आफ्नो रुचिअनुसारका पेसा व्यवसाय गर्न प्राविधिक तथा आर्थिक सहयोग गरिएको प्रकृतिमा आधारित समाधान कार्यक्रमका संयोजक शिव सुवेदीले बताए ।

‘पानीका स्रोत संरक्षण गर्दा सिँचाइ गर्न सहज भयो । सिँचाइ भएपछि उपभोक्ताले विषादीरहित तरकारी उत्पादन गर्नुभएको छ,’ सुवेदीले भने, ‘वन संरक्षणसँगै व्यावसायिक खेतीबाट आर्थिक आम्दानी हुन थालेपछि उपभोक्ता पानीका मुहान संरक्षणमा आफैं जागरुक भएको पाइयो ।’

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6d ago
टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

काँडेदार र सुगन्धित टिमुरको व्यावसायिक खेतीले मध्यपहाडमा वन्यजन्तुबाट हुने बाली क्षति घटाउन, सामुदायिक वनको संरक्षण गर्न र स्थानीय समुदायको आम्दानी बढाउन सहयोग पुर्‍याउन सक्छ। नेपालमा पछिल्ला दशकमा वन क्षेत्रको पुनस्थापना, सामुदायिक वन व्यवस्थापन र स्थानीय समुदायको …

#वन्यजन्तु #सामुदायिक
Compare →
Hamro Patro News
1d ago
पासो थापेर वन्यजन्तुको चोरी सिकार

पासो थापेर वन्यजन्तुको चोरी सिकार

गण्डकी। अन्नपूर्ण संरक्षण क्षेत्रमा पासो थापेर वन्यजन्तु र पक्षीको अवैध चोरीसिकार हुने गरेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले बर्सेनि ठूलो सङ्ख्यामा त्यस्ता पासो नियन्त्रणमा लिई हटाउने गरे पनि...

#वन्यजन्तु
Compare →
Nagarik News
2d ago
मानव–वन्यजन्तु सहअस्तित्वको नवीनतम उपाय खोज्न भुटानमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

मानव–वन्यजन्तु सहअस्तित्वको नवीनतम उपाय खोज्न भुटानमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण गर्दै सहअस्तित्वका लागि दीर्घकालीन र दिगो उपाय खोज्ने उद्देश्यले भुटानको थिम्पुमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।

#वन्यजन्तु
Compare →

Related Stories

Science & Climate
Build #2612