Trending
Prev Story
Next Story

मानव–वन्यजन्तु सहअस्तित्वको नवीनतम उपाय खोज्न भुटानमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

Nagarik News •
November 16, 2026 • 05:52 AM
3
3 reads 0 reactions

मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण गर्दै सहअस्तित्वका लागि दीर्घकालीन र दिगो उपाय खोज्ने उद्देश्यले भुटानको थिम्पुमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।

मानव–वन्यजन्तु सहअस्तित्वको नवीनतम उपाय खोज्न भुटानमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण गर्दै सहअस्तित्वका लागि दीर्घकालीन र दिगो उपाय खोज्ने उद्देश्यले भुटानको थिम्पुमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।

‘साझा भू–दृश्यमा द्वन्द्व व्यवस्थापनबाट उत्थानशील प्रणालीतर्फ’ भन्ने मूल नारासहित आजदेखि सुरु सम्मेलन आगामी मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ।

विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले वन क्षेत्रको विस्तार, पूर्वाधार निर्माण, भूमिको उपयोगमा परिवर्तन, जलवायु परिवर्तन तथा जनसङ्ख्याको चापलगायत कारणले मानव र वन्यजन्तुबीचको द्वन्द बढिरहेको सन्दर्भमा सम्मेलन आयोजना गरिएको बताए।

‘मानव–वन्यजन्तु सहअस्तित्वमा नवीनतम उपायको प्रर्वद्धन’ विषयक सम्मेलन विश्व वन्यजन्तु कोष भुटानको सह–आयोजना भएको हो।

विशेषगरी संरक्षित क्षेत्रबाहिर मानव बस्ती तथा कृषि क्षेत्रमा वन्यजन्तुको आवागमन बढ्दा स्थानीय समुदायको जीविकोपार्जन, खाद्य सुरक्षा र सुरक्षामा चुनौती थपिएकाले सम्मेलनमा यस विषयमा  छलफल हुनेछ।

सम्मेलनमा नीति निर्माता, अनुसन्धानकर्ता, संरक्षणकर्मी, स्थानीय समुदाय, विकास साझेदार तथा विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ।

उनका अनुसार सम्मेलनमा मानव–वन्यजन्तु सहअस्तित्वका क्षेत्रमा भएका अभ्यास, नवीनप्रविधि, सफल अनुभव र चुनौतीबारे छलफल हुनेछ।

डा गुरुङका अनुसार तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा पहिलो दिन मानव–वन्यजन्तु सहअस्तित्वका पारिस्थितिक, सामाजिक, संस्थागत तथा भू–दृश्यसम्बन्धी जटिलता र चुनौतीबारे छलफल हुनेछ।

परम्परागत द्वन्द्व व्यवस्थापनका उपाय किन पर्याप्त हुन सकेनन् भन्ने विषयमा समेत सहभागीबीच अनुभव आदानप्रदान हुनेछ।

त्यस्तै सामुदायिक सहभागिता, वैज्ञानिक अनुसन्धान, प्रविधि, अनुकूलनशील व्यवस्थापन, दिगो वित्तीय स्रोत र भू–दृश्यस्तरको योजनामार्फत सहअस्तित्व प्रर्वद्धन गर्ने नवीनतम उपायबारे छलफल हुनेछ।

भुटान र समग्र पूर्वी हिमाली क्षेत्रमा मानव–वन्यजन्तु सहअस्तित्वका लागि साझा कार्ययोजना, संस्थागत सहकार्य, अनुगमन प्रणाली र दीर्घकालीन वित्तीय व्यवस्थाका सम्भावनाबारे छलफल गरिनेछ।

डा गुरुङका अनुसार, सम्मेलनमा हात्ती, बाघ, हिउँचितुवालगायत वन्यजन्तुलाई मानव–वन्यजन्तु द्वन्दका फरक आयाम बुझ्ने आधारका रूपमा प्रस्तुत गरिनेछ।

ती वन्यजन्तुले बासस्थानको सम्पर्क, पूर्वाधारको दबाब, संरक्षणको सफलता र स्थानीय जीविकोपार्जनमा पर्ने प्रभावलाई उजागर गर्दै आएको आयोजकको भनाइ छ।

प्रकाशित: ३० कार्तिक २०८३ ११:३७ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
34m ago
मानव–वन्यजन्तु सहअस्तित्वको नवीनतम उपाय खोज्न भुटानमा अन्तर्राष्ट्रिय सम्मेलन शुरू

मानव–वन्यजन्तु सहअस्तित्वको नवीनतम उपाय खोज्न भुटानमा अन्तर्राष्ट्रिय सम्मेलन शुरू

मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण गर्दै सहअस्तित्वका लागि दीर्घकालीन र दिगो उपाय खोज्ने उद्देश्यले भुटानको थिम्पुमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन शुरू भएको छ । ‘साझा भू–दृश्यमा द्वन्द...

#मानव #सम्मेलन #सहअस्तित्व
Compare →
Onlinekhabar
4d ago
टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

काँडेदार र सुगन्धित टिमुरको व्यावसायिक खेतीले मध्यपहाडमा वन्यजन्तुबाट हुने बाली क्षति घटाउन, सामुदायिक वनको संरक्षण गर्न र स्थानीय समुदायको आम्दानी बढाउन सहयोग पुर्‍याउन सक्छ। नेपालमा पछिल्ला दशकमा वन क्षेत्रको पुनस्थापना, सामुदायिक वन व्यवस्थापन र स्थानीय समुदायको …

#वन्यजन्तु #मानव
Compare →
Ekantipur
15h ago
विश्व प्रहरी शिखर सम्मेलनः गृहमन्त्री हिँडेको दुई दिनपछि प्रहरी टोली दुबईतर्फ

विश्व प्रहरी शिखर सम्मेलनः गृहमन्त्री हिँडेको दुई दिनपछि प्रहरी टोली दुबईतर्फ

आइतबार दुबईतर्फ गएको कँडेल नेतृत्वको टोलीमा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत कँडेलसहित प्रहरी निरीक्षक देवराज काफ्ले र लागूऔषध नियन्त्रण ब्युरोका डीएसपी गोविन्द राउत रहेको नेपाल प्रहरीका सहप्रवक्ता दिपशमशेर जबराले कान्तिपुरलाई बताए ।

#सम्मेलन
Compare →

Related Stories

World News
Build #2612