Trending
Prev Story
Next Story

एपेक सीईओ सम्मेलनमा १२ अर्थतन्‍त्रका शीर्ष नेताहरू सहभागी हुने

Ekantipur •
November 15, 2026 • 10:32 AM
3
3 reads 0 reactions

चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा नोभेम्बर १७ देखि १८ सम्म आयोजना हुने सम्मेलनमा १२ अर्थतन्त्रका नेताहरू सहभागी हुने चीन काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) ले आइतबार जानकारी दिएको हो

एपेक सीईओ सम्मेलनमा १२ अर्थतन्‍त्रका शीर्ष नेताहरू सहभागी हुने

चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा नोभेम्बर १७ देखि १८ सम्म आयोजना हुने सम्मेलनमा १२ अर्थतन्त्रका नेताहरू सहभागी हुने चीन काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) ले आइतबार जानकारी दिएको हो

बेइजिङ — एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का १२ सदस्य अर्थतन्‍त्रका  शीर्ष नेताहरू एपेक सम्मेलन २०२६ मा सहभागी हुने भएका छन् ।

चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा नोभेम्बर १७ देखि १८ सम्म आयोजना हुने सम्मेलनमा १२ अर्थतन्त्रका नेताहरू सहभागी हुने चीन काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) ले आइतबार जानकारी दिएको हो ।

सीसीपीआईटीकी उपाध्यक्ष ली छिङशुआङले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङसहित अष्ट्रेलिया, क्यानडा, चिली, चीनको हङकङ, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, रुस, थाइल्यान्ड र भियतनामका नेताहरू सम्मेलनमा सहभागी हुनेछन् ।

सम्मेलनका क्रममा सहभागी नेताहरूले सम्बोधन गर्ने, मन्तव्य राख्ने तथा विभिन्न विषयगत छलफलमा भाग लिने कार्यक्रम रहेको छ । एपेकमा २१ सदस्य छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1h ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन तीन प्रहरी दुबई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन तीन प्रहरी दुबई प्रस्थान

२९ कात्तिक, काठमाडौं । विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन तीन प्रहरी अधिकारी दुबई (यूएई) प्रस्थान गरेका छन् । १६ देखि १८ नोभेम्बर (सोमबारदेखि बुधरबार)सम्म हुने सम्मेलनमा सहभागी हुन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ऋषिराम कँडेलसहित तीन …

#सम्मेलन #सहभागी
Compare →
Hamro Patro News
2h ago
कांग्रेस सभापति थापा र सभामुख अर्याल छठ पुजामा सहभागी

कांग्रेस सभापति थापा र सभामुख अर्याल छठ पुजामा सहभागी

सभामुख डोलप्रसाद अर्याल र कांग्रेस सभापति गगनकुमार थापा आइतबार छठ पुजामा सहभागी हुन बारा र पर्सामा आइपुगेका छ्न। वीरगन्जको छ्ठ पुजामा सहभागी हुन हवाईमार्गबाट सभामुख अर्याल सिमरा आएका हुन्। सिमरा आ...

#सहभागी
Compare →
Nagarik News
3h ago
जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता

जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता

३१औँ सम्मेलन (कोप ३१) मा करिब एक दर्जन कार्यक्रमहरूमा सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्।

#सहभागी
Compare →

Related Stories

World News
Build #2612