Trending
Prev Story
Next Story

रास्वपा सहप्रवक्ता भन्छन्- अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि काम गर्न दिन्नौं

Onlinekhabar •
November 17, 2026 • 08:01 AM
3
3 reads 0 reactions

१ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले नेपाल प्रहरीका निवर्तमान आईजीपी दानबहादुर कार्कीलाई अदालतले पुनर्बहाली गरेपनि काम गर्न नदिने चेतावनी दिएका छन् । रास्वपा सहप्रवक्ता चौधरीले हिमालय टीभीसँगको कुराकानीमा उक्त चेतावनी …

रास्वपा सहप्रवक्ता भन्छन्- अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि काम गर्न दिन्नौं

१ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले नेपाल प्रहरीका निवर्तमान आईजीपी दानबहादुर कार्कीलाई अदालतले पुनर्बहाली गरेपनि काम गर्न नदिने चेतावनी दिएका छन् ।

रास्वपा सहप्रवक्ता चौधरीले हिमालय टीभीसँगको कुराकानीमा उक्त चेतावनी दिएका हुन् ।

‘म तपाईँलाई यत्ति भन्छु– जस्ट इनकेस, अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गर्‍यो भनेपनि आईजीपी बन्नुहुन्न् । त्यस्तो मान्छेलाई राख्नै हुन्न नि अब’, उनले भने । दानबहादुर कार्कीबाट प्रहरी संगठन चल्नै नसक्ने चौधरीले दाबी गरे ।

पूर्ववत् रूपमा कार्य गर्न नदिन सरकारले अरु वैधानिक बाटोहरू खोज्नसक्ने चौधरीले संकेत गरे ।

सरकारले नयाँ पद सिर्जना गरेर आईजीपीबाट हटाएपछि पुनर्बहालीको माग लिएर पूर्व आइजीपी कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सर्वोच्च अदालतले उक्त रिट निवेदनमाथि बुधबार (भोलि) प्रारम्भिक सुनुवाइ गर्ने भएको छ ।

२० कात्तिकमा रिट निवेदन दर्ता भएकोमा सर्वोच्च अदालतले तिहार बिदापछि ३० कात्तिकमा मिति तोकेको थियो । तर सरकारले त्यो दिन छठको बिदा दिएकाले मुद्दाको सुनुवाइ स्वतः सरेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1h ago
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाण्डौ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेका दानबहादुर...

#दानबहादुर #कार्की
Compare →
Ekantipur
1d ago
दानबहादुर कार्कीले विशेष सुरक्षा सल्लाहकारको नियुक्तिपत्र बुझेका हुन् ?

दानबहादुर कार्कीले विशेष सुरक्षा सल्लाहकारको नियुक्तिपत्र बुझेका हुन् ?

कार्की निकटस्थहरूका अनुसार निवर्तमान आईजीपी कार्कीले नियुक्तिपत्र बुझेका छैनन् । तर आईजीपीका रूपमा प्रहरी प्रधान कार्यालयबाट बाहिरिनुअघि सरकारले गरेको निर्णयको पत्र भने लिएका हुन् ।

#कार्की #दानबहादुर
Compare →
Nagarik News
1d ago
दानबहादुर कार्कीले विशेष सुरक्षा सल्लाहकारको पत्र बुझिसके : गृह मन्त्रालय

दानबहादुर कार्कीले विशेष सुरक्षा सल्लाहकारको पत्र बुझिसके : गृह मन्त्रालय

प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सोही दिन पत्र बुझेका गृह मन्त्रालयले जानकारी दिएको छ।

#कार्की #दानबहादुर
Compare →
Hamro Patro News
3h ago
कांग्रेस-एमाले छाडेर आउनेमाथि रास्वपा सांसदको कटाक्ष

कांग्रेस-एमाले छाडेर आउनेमाथि रास्वपा सांसदको कटाक्ष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला सङ्ग्रौलाले कांग्रेस र एमाले परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको नियतमाथि प्रश्न उठाएकी छन् । ठेक्का–पट्टा र कमिसनको स्वार्थमा रास्वपा...

#रास्वपा
Compare →

Related Stories

National (Nepal)
Build #2612