१ मंसिर, काठमाडौं । व्यावसायिक घराना चौधरी ग्रुप अन्तर्गतको सीजी इम्पेक्स प्रालि वस्तु व्यापार कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेर सरकारबाट उत्कृष्ट करादाताका रूपमा सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवस २०८३ का अवसरमा सरकारले मंगलबार उत्कृष्ट करदातालाई सम्मान गर्ने क्रममा सीजी इम्पेक्स सम्मानित भएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीजी इम्पेक्सका तर्फबाट सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई सम्मानपत्र प्रदान गरे ।
त्यसैगरी सीजीकै लगानी रहेको प्रमुख वाणिज्य बैंक नबिल बैंकिङ क्षेत्रमा कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेर उत्कृष्ट करदाता बनेको छ ।