२ मंसिर, काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
उनले मेयर पदमा उम्मेदवारी दिने घोषणा फेसबुकमार्फत् गरेकी हुन् ।
उनले अहिले कुनै पार्टीबाट काठमाडौंको मेयर पदमा निर्वाचन लड्ने हुन् वा स्वतन्त्र भन्ने खुलाएकी छैनिन् ।
तर आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने उनको भनाइ छ ।
सुमना रास्वपाको पूर्वसहमहामन्त्री हुन् । उनी शिक्षा मन्त्री पदमा रहँदा सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । पछि उनी पार्टीको राजनीतिबाट पनि निष्कृय भइन् ।