Trending
Prev Story
Next Story

ताप्लेजुङमा मनाइयो चासोक तङनाम

Ekantipur •
November 17, 2026 • 10:32 AM
3
3 reads 0 reactions

लिम्बू समुदायले नयाँ अन्न प्रकृतिलाई चढाएर मात्रै खाने परम्पराअनुसार ताप्लेजुङको फुङलिङमा र्‍याली र सांस्कृतिक कार्यक्रमसहित पर्व मनाएको छ।

ताप्लेजुङमा मनाइयो चासोक तङनाम

लिम्बू समुदायले नयाँ अन्न प्रकृतिलाई चढाएर मात्रै खाने परम्पराअनुसार ताप्लेजुङको फुङलिङमा र्‍याली र सांस्कृतिक कार्यक्रमसहित पर्व मनाएको छ।

ताप्लेजुङ — पूर्वी नेपालमा लिम्बू समुदायको न्वागी पूजा अर्थात् चासोक तङनाम सुरु भएको छ । पाकेको नयाँ अन्नबाली प्रकृतिलाई चढाएपछि मात्रै खाने परम्पराअनुसार लिम्बू किरात समुदायले सामूहिक तथा व्यक्तिगत रूपमा यो पर्व मनाउन थालेका हुन् ।

याक्थुङ चुम्लुङ र युमा साम्यो महासभा ताप्लेजुङले हरेक वर्ष मंसिर १ गते संयुक्त रूपमा चासोक तङनाम मनाउँदै आएका छन् । मंगलबार सदरमुकाम फुङलिङमा र्‍यालीसहित नगर परिक्रमा गरी शुभकामना आदानप्रदान गरेर पर्व मनाइएको छ ।

यस अवसरमा धान नाच, च्याब्रुङ नाच (यालाङ केलाङ), हाक्पारे, ख्याली, तुहा ताम्के, यबा साम्बा लाङ, झाँकी प्रदर्शन तथा विभिन्न जातजातिका नृत्यलगायत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

याक्थुङ चुम्लुङका सचिव इन्द्रबहादुर पालुङ्वाका अनुसार मंगलबार बिहान धान, कोदो लगायतका अन्नबाली सामूहिक रूपमा प्रकृतिलाई चढाइएको छ । फेदाङ्बाहरूले मन्त्रोच्चारण र विधिअनुसार प्रकृतिको पूजा गरी नयाँ पाकेको अन्नबाली चढाएको उनले बताए ।

युमा साम्यो महासभाका अध्यक्ष भुवानीप्रसाद लिम्बूका अनुसार अन्नबाली भित्र्याइसकिएको र कतिपयले खानसमेत थालिसक्ने भएकाले मंसिर १ गते नै चासोक मनाउन थालिएको हो । याक्थुङ चुम्लुङका अध्यक्ष हाङमाया लेछर्बोले भनिन्, ‘सरकारले सार्वजनिक बिदा दिने चासोक तङनाम कहिले मंसिर अन्तिममा त कहिले पुसमा पर्ने र त्यतिबेलासम्म अन्नबाली चढाउन ढिलो हुने भएकाले विगत चार वर्षयता मंसिर १ गते नै मनाउन थालेका हौं ।’

लिम्बू समुदायमा पाकेको अन्न प्रकृतिलाई नचढाई खाए अनिष्ट हुन्छ भन्ने मान्यता रहेको हाङमाया बताउँछिन् । ‘धेरैले पहिल्यै घरमा न्वागी पूजा गर्ने र औपचारिकताका लागि चासोकमा पनि भेला हुने गर्नुभएको थियो,’ उनले थपिन्, ‘हामीले चाहिँ मंसिर १ मा अन्न चढाउने उपयुक्त समय हुने भएकाले यही बेला सामूहिक रूपमा मनाऔं भनेर गर्दै आएका छौं ।’

न्वागी पूजा ठाउँ र परिवेशअनुसार फरक शैली र समयमा मनाउने गरिएको स्थानीय बताउँछन् । सामूहिक रूपमा पर्व मनाउन स्थानीय सरकारले पनि सहयोग गर्दै आएको छ । मंसिर १ गते मनाइने चासोक तङनामका लागि फुङलिङ नगरपालिकाले आर्थिक सहयोग गर्ने गरेको नगर प्रमुख अमिर मादेनले बताए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
राप्ती नदीमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व मनाइयो

राप्ती नदीमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व मनाइयो

दाङ – छठ पर्वका अवसरमा दाङस्थित राप्ती नदीको मध्यनगर घाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइएको छ। व्रतालुहरूले नदीमा स्नान गरी उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै विधिपूर्वक पूजा गरेका हुन...

#पर्व #मनाइयो
Compare →
Nagarik News
1d ago
कपिलवस्तुमा ७९ स्थानमा छठ पर्व मनाइयो, ५ हजार बढीले गरे सामूहिक पूजा

कपिलवस्तुमा ७९ स्थानमा छठ पर्व मनाइयो, ५ हजार बढीले गरे सामूहिक पूजा

साझा पर्वका रूपमा रहेको छठको चौथो तथा अन्तिम दिन सोमबार बिहान कपिलवस्तुमा व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएर विधिवत् रूपमा समापन गरेका छन्।

#पर्व #मनाइयो
Compare →
Onlinekhabar
1d ago
चितवनमा धुमधामपूर्वक मनाइयो छठ

चितवनमा धुमधामपूर्वक मनाइयो छठ

२९ कात्तिक, काठमाडौं । तराईवासीहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ चितवनमा पनि धुमधामका साथ मनाइएको छ । छठ पर्वका अवसरमा चितवनको नारायणी नदी किनारमा सूर्यदेवको पूजा आराधना गर्न भक्तजनहरूको ठूलो घुइँचो लागेको थियो । चार …

#पर्व #मनाइयो
Compare →

Related Stories

World News
Build #2612