Trending
Prev Story
Next Story

कपिलवस्तुमा ७९ स्थानमा छठ पर्व मनाइयो, ५ हजार बढीले गरे सामूहिक पूजा

Nagarik News •
November 16, 2026 • 02:28 AM
3
3 reads 0 reactions

साझा पर्वका रूपमा रहेको छठको चौथो तथा अन्तिम दिन सोमबार बिहान कपिलवस्तुमा व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएर विधिवत् रूपमा समापन गरेका छन्।

कपिलवस्तुमा ७९ स्थानमा छठ पर्व मनाइयो, ५ हजार बढीले गरे सामूहिक पूजा

साझा पर्वका रूपमा रहेको छठको चौथो तथा अन्तिम दिन सोमबार बिहान कपिलवस्तुमा व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएर विधिवत् रूपमा समापन गरेका छन्।

कपिलवस्तु नगरपालिका-१ स्थित जमुहरा नाला र रामाट नदी, पकडी, कृष्णनगर, बहादुरगन्जलगायतका तालतलैयामा उनीहरूले बिहान उदाउँदो सूर्यको विशेष पूजापाठ र आराधना गरेका थिए। पर्वको चौथो दिन आज व्रत लिनेहरू पुनः पोखरी, जलाशय किनारमा पुगी सोमबार साँझ गरेको क्रम दोहोर्‍याई प्रातःकालीन सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका हुन्।

हिन्दू धर्म संस्कृतिअनुसार अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइने गरिएको छ। छठ पर्वका अवसरमा आइतबार जिल्लाका अधिकांश पोखरी, तलाउ, खोला, नदीको पानीमा पसेर व्रतालुहरूले अस्ताउँदो सूर्यको आराधना गरी अर्घ्य दिएका थिए। यस क्रममा व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर अन्य अर्घ्य सामग्री पालैपालो गरी सूर्यलाई अर्पण गर्ने गरिन्छ। आइतबार गरेकै विधि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई समापन गरिएको छ। विशेष पूजाको अवसरमा उनीहरूले सूर्य र छठी माताको आराधना समेत गरेका थिए।

छठमा उपवास बसी पूजाआजा गर्नाले पारिवारिक सुख, समृद्धिका साथै सन्तान प्राप्ति र रोगव्याधिसमेत निको हुने श्रद्धालु भक्तजनहरूको विश्वास छ। छठका अवसरमा चढाइएका ठेकुवालगायतका प्रसादसमेत वितरण गर्ने गरिन्छ। तराईका हिन्दू धर्मावलम्बीहरूबीच अत्यन्त लोकप्रिय रहेको छठ पर्वलाई धार्मिक आस्था र सामाजिक सद्भावको प्रतीकका रूपमा मानिएको छ। पूर्वी तराईमा मात्र मनाइने छठ पर्व पछिल्लो समय अवध, भोजपुरा, पहाडमा समेत विस्तार हुँदै गएको छ।

जनजाति, दलित, मधेसी, पहाडी समुदाय मिलेर छठ पर्व मनाइएको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बताए। जमुहरा र रामघाट नदीमा ५ हजार बढीले छठमा सामूहिक पूजा गरेको पूजा व्यवस्थापन समितिले जनाएको छ। कपिलवस्तुमा ७९ स्थानमा छठको विधिवत् पूजाआजा गरिएको थियो।

प्रकाशित: ३० कार्तिक २०८३ ०८:१३ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
राप्ती नदीमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व मनाइयो

राप्ती नदीमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व मनाइयो

दाङ – छठ पर्वका अवसरमा दाङस्थित राप्ती नदीको मध्यनगर घाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइएको छ। व्रतालुहरूले नदीमा स्नान गरी उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै विधिपूर्वक पूजा गरेका हुन...

#पर्व #सूर्य #उदाउँदो
Compare →
Ekantipur
1h ago
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

छठघाटमा व्रतालुहरूले दर्शन गर्न पुगेका विवाहित महिलालाई नाकदेखि सिउँदोसम्म सौभाग्यको टीका लगाइदिएका थिए। यसो गर्दा पति र सन्तानको दीर्घायु हुने धार्मिक विश्वास छ।

#पर्व #सूर्य #उदाउँदो
Compare →
Bizshala
2h ago
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सकियो

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सकियो

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व आज सम्पन्न भएको छ। कात्तिक शुक्ल सप्तमीका दिन बिहान...

#पर्व #सूर्य #उदाउँदो
Compare →
Onlinekhabar
4h ago
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ

३० कात्तिक, काठमाडौं । छठपर्व आज समापन गरिएको छ । शुक्रबारदेखि सुरु भएको छठ पर्व आज सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो । आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर …

#पर्व #सूर्य #उदाउँदो
Compare →

Related Stories

Education & Youth
Build #2612