कपिलवस्तुमा उल्लास पूर्वक छठ पर्व मनाइएको छ । बाणगंगा नदीलगायत जिल्लाका विभिन्न नदी, पोखरी तथा जलाशय किनारमा श्रद्धालुहरूको घुइँचो लागेको छ । चार दिनसम्म मनाइने छठ पर्वको मुख्य दिन आइतबार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन् । नदी तथा पोखरी किनारमा बनाइएका छठघाटमा पूजा सामग्रीले सहित व्रतालुहरू पूजाआराधनामा सहभागी भएका थिए ।
अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै व्रतालुहरूले सन्तान तथा परिवारको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरेका छन् । छठघाटमा बालिएको दीप, सजाइएका पूजा सामग्री र नदीमा देखिएको सूर्यको प्रतिबिम्बले वातावरणलाई थप भक्तिमय बनाएको थियो ।
Read full story at source ( gorkhapatraonline.com )