धनगढी । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ। कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमले ३० वटा खेलका खेलाडी छनोट गर्ने भएको छ।
प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको प्रदेशस्तरीय छनोट प्रतियोगिता मंसिर १ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिता कैलाली, कञ्चनपुर र डडेल्धुरामा आयोजना गरिएको छ।
Read full story at source ( nepalpress.com )