काठमाडौं । २०८३ वैशाखदेखि असोजसम्मको ६ महिनालाई फर्केर हेर्दा नेपाली चलचित्रको बक्स अफिसमा आशा र निराशाको मिश्रित दृश्य देखिन्छ । केही फिल्मले करोडौं रुपैयाँको व्यापार गर्दै निर्मातालाई राहत दिएका छन् भने अधिकांश फिल्मले लगानीअनुसारको प्रतिफल दिन सकेनन् । कतिपय फिल्मको व्यापार त लाखमा सीमित हुँदा केही फिल्मको कमाइ लाखभन्दा पनि कममा खुम्चिएको छ ।
चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकले नेपाली चलचित्र उद्योगमा लगानी र व्यापारबीचको असन्तुलनलाई फेरि एकपटक उजागर गरेको छ । एकातिर ‘लालीबजार’, ‘गौँथली’ र ‘पेन्सन पट्टा’ जस्ता फिल्मले बक्स अफिसमा उल्लेखनीय व्यापार गरेका छन् भने अर्कोतिर ठूला अपेक्षासहित प्रदर्शनमा आएका धेरै फिल्मले दर्शकको साथ पाउन सकेनन् ।
Read full story at source ( onlinekhabar.com )