काठमाडौं– ताकासी यामाजाकी निर्देशित तथा तोहो स्टुडियोको बहुप्रतिक्षित फिल्म ‘गडजिला माइनस जिरो’ ले विश्व बक्स अफिसमा नयाँ इतिहास रचेको छ । यस फिल्मले हलिउडका ठूला फिल्महरूलाई समेत पछि पार्दै उत्तर अमेरिकी बक्स अफिसमा तहल्का मच्चाएको छ ।
उत्तर अमेरिकामा यो फिल्मले पहिलो तीन दिनको विकेण्डमा नै ३ करोड १६ लाख डलर कमाउँदै बक्स अफिसको नम्बर १ स्थान कब्जा गर्यो । यो कमाइ गैर९अंग्रेजी लाइभ९एक्सन फिल्मको इतिहासमै उत्तर अमेरिकामा भएको सबैभन्दा ठूलो ओपनिङ विकेण्ड हो । यसअघि सन् २००४ मा फिल्म ‘हिरो’ ले बनाएको रेकर्डलाई यसले तोडेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( kalakarmi.com )