Trending
Prev Story
Next Story

भीमफेदी दुर्घटनाका घाइते भन्छन्- ‘माथि नै उछिट्टिएकाले बाँचेँ’

Ekantipur •
November 12, 2026 • 07:31 AM
1
1 reads 0 reactions

घाइते सञ्जय यादवका अनुसार चालकले गाडी अगाडि बढाउने क्रममा एकैचोटि हुत्तिएर भीरबाट खसेको थियो । चालक निदाएकै कारण गाडी दुर्घटना भएको हुन सक्ने उनको अनुमान छ ।

भीमफेदी दुर्घटनाका घाइते भन्छन्- ‘माथि नै उछिट्टिएकाले बाँचेँ’

घाइते सञ्जय यादवका अनुसार चालकले गाडी अगाडि बढाउने क्रममा एकैचोटि हुत्तिएर भीरबाट खसेको थियो । चालक निदाएकै कारण गाडी दुर्घटना भएको हुन सक्ने उनको अनुमान छ ।

हेटौंडा — छठ पर्व मनाउन काठमाडौंबाट सर्लाहीस्थित घर फर्किंदै थिए सञ्जय यादव । बिहीबार बिहान ३ बजे माइक्रोबसमा चढेका उनीसँगै एउटै वडा र बस्तीका छिमेकी तथा आफन्त पनि थिए ।

जब उनीहरू चढेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको गाडी मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढी पुग्दै थियो, अचानक भीरबाट खस्यो । बिहीबार बिहान ५:४५ तिर सडकबाट करिब ७ सय मिटर तल गाडी खस्दा अधिकांश यात्रु निदाइरहेका थिए ।

यादव पातलो निद्रामा थिए । 'चिसापानीगढीमा गाडी रोकिएको थियो । चालकले गाडी अगाडि बढाउने क्रममा एकैचोटि हुत्तिएर गाडी भीरबाट खस्यो । म पनि गाडीसँगै भीरबाट खसेँ,' उनले भने, 'गाडी भीरबाट खस्ने क्रममा म कसो गरी अलि माथि नै खसेका कारण चोटपटक लागे पनि बाँचेको छु । अरू धेरै जना मरेजस्तो लाग्छ ।' गाडी खस्दै गर्दा उनी बीचमै उछिट्टिएर बाहिर परेका थिए ।

गाडी पल्टेर निकै तल पुगेको पछि मात्रै थाहा पाएको उनले बताए । यादवसहित घाइते पाँच जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

उनी सर्लाहीको चन्द्रघट्टा गाउँपालिका–४ का हुन् । मृतक सबै १० जना सोही ठाउँका परेका छन् । छठ मनाउने उत्साहका साथ घर फर्केका यादवले एउटै गाउँका छिमेकी र आफन्तहरू मिलेर फोनमार्फत गाडीको सिट रिजर्भ गरेका थिए । एउटै गाउँ र बस्तीका भएकाले गाडीमा रहेका सबैलाई आफूले चिन्ने उनको भनाइ छ ।

'चालक पनि चिनजानकै भएकाले त्यही गाडी रिजर्भ गरेका थियौं,' उनले भने, 'तर यसपटकको यात्रा भने कहिल्यै नबिर्सिने खालको भयो ।' चालक निदाएकै कारण गाडी दुर्घटना भएको उनको अनुमान छ । प्रहरीले पनि चालक निदाएकै कारण गाडी दुर्घटना भएको प्रारम्भिक अनुमान गरिसकेको छ ।

'चिसापानीगढीदेखि देउरालीसम्म यसरी गाडी दुर्घटना भएको थिएन,' देउरालीका होटल सञ्चालक सञ्जीव श्रेष्ठले भने, 'चिसापानीगढी हुँदै जुरीखेतसम्मको सडकखण्डमा सवारी दुर्घटना धेरै हुने गरेको थियो, तर यो खण्डमा दुर्घटना भएको अहिले नै हो ।'

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
16h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#दुर्घटना #घाइते #भीमफेदी
Compare →
Hamro Patro News
19h ago
भीमफेदी दुर्घटनामा १४ जनाको *मृ*त्यु, सुन्दरपुर गाउँ शोकमा

भीमफेदी दुर्घटनामा १४ जनाको *मृ*त्यु, सुन्दरपुर गाउँ शोकमा

काठमाडौं- मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीमा बिहीबार भएको विद्युतीय हाइस दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर गाउँलाई शोकमा डुबाएको छ। छठ पर्व मनाउन काठमाडौंबाट घर फर्किएका...

#यादव #दुर्घटना #भीमफेदी
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटनाका थप तीन मृतकको पहिचान खुल्यो

भीमफेदी दुर्घटनाका थप तीन मृतकको पहिचान खुल्यो

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा आज बिहान भएको ईभी गाडी दुर्घटनाका थप तीन जना मृतकको पहिचान भएको छ । दुर्घटना स्थलमा खोजी गर्दा सर्लाहीको शुक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका ३५ वर्षीय राकेश यादव, २८ …

#गाडी #दुर्घटना #भीमफेदी
Compare →
Bizshala
17h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #भीमफेदी
Compare →
Arthasansar
15h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#भीमफेदी #दुर्घटना
Compare →

Related Stories

World News
Build #2612