Trending
Prev Story
Next Story

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

Ekantipur •
November 12, 2026 • 07:31 AM
1
1 reads 0 reactions

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

काठमाडौँ — कांग्रेस सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको यात्रुबाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै सभापति थापाले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन् । 'हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको छ,' उनले उल्लेख गरेका छन् ।

मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको गाडी बिहीबार बिहान करिब ५:४५ बजे दुर्घटनामा परेको थियो । घटनास्थलमै ३ महिला, २ बालिका र ५ पुरुषको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरू सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका रहेको गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले जानकारी दिए । उनीहरु ललितपुरको टीकाथलीबाट छठ मनाउन गाडी रिजर्भ गरेर गाउँ फर्कंदै गरेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
8h ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्...

#दुर्घटना #भीमफेदी #कांग्रेस
Compare →
Nagarik News
9h ago
भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।

#दुर्घटना #भीमफेदी #कांग्रेस
Compare →
Onlinekhabar
9h ago
भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई राहत दिन कांग्रेसको माग

भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई राहत दिन कांग्रेसको माग

२७ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी—६ स्थित चिसापानीगढीमा भएको दुर्घटनामा परी मृत्यु भएकाहरूको परिवारलाई तत्काल उचित राहतको व्यवस्था गर्न माग गरेको छ । कांग्रेसले शुक्रबार विज्ञप्तिमार्फत सरकारसँग बिहीबार चिसापानीगढीमा भएको दुर्घटनामा परी …

#दुर्घटना #भीमफेदी #कांग्रेस
Compare →
Bizshala
10h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #भीमफेदी
Compare →
Arthasansar
8h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#भीमफेदी #दुर्घटना
Compare →

Related Stories

Politics & Governance
Build #2611