ढाका । बंगलादेशको गार्मेन्ट उद्योगले विश्व बजारमा आफ्नो प्रभाव विस्तार गरिरहेको छ । चीनपछि विश्वकै दोस्रो ठुलो तयारी पोसाक निर्यातकर्ता बनेको बंगलादेशको अर्थतन्त्रमा यस उद्योगको योगदान महत्त्वपूर्ण छ । तर यही उद्योगमा काम गर्ने लाखौँ श्रमिक भने न्यून तलब र बढ्दो महँगीका कारण आधारभूत आवश्यकता पूरा गर्नसमेत संघर्ष गरिरहेका छन् ।
खानपान, स्वास्थ्य उपचार र छोराछोरीको शिक्षामा खर्च कटौती गर्नुपर्ने बाध्यताले श्रमिक परिवारको जीवन कठिन बन्दै गएको छ । यही अवस्थाविरुद्ध गत साता हजारौँ गार्मेन्ट श्रमिकले न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका (करिब २४३ अमेरिकी डलर) पुर्याउन माग गर्दै प्रदर्शन गरेका छन् ।
Read full story at source ( ratopati.com )