Trending
Prev Story
Next Story

ममता काफ्ले हत्यामा पति नरेश भट्ट दोषी ठहर

Ekantipur •
November 11, 2026 • 01:31 AM
1
1 reads 0 reactions

प्रिन्स विलियम काउन्टी अदालतको जुरीले मंगलबार नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो । करिब पाँच घण्टाको छलफलपछि जुरीले फैसला सुनाएको थियो ।

ममता काफ्ले हत्यामा पति नरेश भट्ट दोषी ठहर

प्रिन्स विलियम काउन्टी अदालतको जुरीले मंगलबार नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो । करिब पाँच घण्टाको छलफलपछि जुरीले फैसला सुनाएको थियो ।

अमेरिका — नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् ।

प्रिन्स विलियम काउन्टी अदालतको जुरीले मंगलबार नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो । करिब पाँच घण्टाको छलफलपछि जुरीले फैसला सुनाएको थियो ।

फैसलापछि नरेशलाई सजाय निर्धारण नभएसम्म धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । उनको सजाय सन् २०२७ मार्चमा निर्धारण हुने तय भएको छ ।

मुद्दाको सुनुवाइका क्रममा अभियोजन पक्षले विषविज्ञान विशेषज्ञ, नरेशका पूर्वरूममेट तथा ममताका साथी र सहकर्मीसहितका साक्षी प्रस्तुत गरेको थियो । ममताकी साथी सुनिता बस्नेत थापाले उनी आत्महत्या गर्ने स्वभावकी नभएको र आफूले त्यस्तो इच्छा व्यक्त नगरेको बयान दिएकी थिइन् । उनले ममताको अनुहारमा चोटसमेत देखेको बताएकी थिइन् ।

अभियोजन पक्षले करिब १०० जना साक्षी र झन्डै ५०० वटा प्रमाण प्रस्तुत गरेको थियो । नरेशले भने ममताले आत्महत्या गरेको दाबी गर्दै आएका थिए । प्रतिरक्षा पक्षले पनि अभियोजनले आरोप पुष्टि गर्न नसकेको जिकिर गरेको थियो ।

ममता सन् २०२४ मा बेपत्ता भएपछि घटनाको अनुसन्धान सुरु भएको थियो । त्यसपछि नरेशमाथि पत्नीको हत्या गरी शव लुकाएको लगायतका अभियोग लगाइएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
ममता काफ्लेका पति नरेश भट्ट प्रथम श्रेणीको हत्यामा दोषी ठहर

ममता काफ्लेका पति नरेश भट्ट प्रथम श्रेणीको हत्यामा दोषी ठहर

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा लामो समयदेखि चर्चा र चासोको विषय बनेको नेपाली मूलकी ममता काफ्ले भट्ट हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई त्यहाँको अदालतले दोषी ठहर गरेको छ । मंगलबार न्यायाध...

#नरेश #हत्या #दोषी
Compare →
Onlinekhabar
2d ago
ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

२५ कात्तिक, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको …

#हत्या #दोषी #ठहर
Compare →
Arthasansar
2d ago
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स...

#नरेश #हत्या #ममता
Compare →
Bizshala
2d ago
शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

काठमाण्डौ । भर्जिनियाको मनासस पार्कबाट नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्ष नाघिसकेको छ । उनको शव...

#नरेश #हत्या #ममता
Compare →
Nagarik News
2d ago
नरेशका झुटको पर्दाफास गर्दै ममताका लागि न्यायको ढोका खोलेका अभियोजक म्याथ्यु स्वीट

नरेशका झुटको पर्दाफास गर्दै ममताका लागि न्यायको ढोका खोलेका अभियोजक म्याथ्यु स्वीट

‘तपाईं यो जुरीसामु झुटो भएको स्वीकार गरिसक्नुभएको छ’ भन्दै नरेशको विश्वसनीयतामाथि प्रहार, शव नभेटिए पनि डीएनए, डिजिटल प्रमाण र बयानको विरोधाभासले दोषी ठहर; नेपाली समुदायले न्यायको महत्त्वपूर्ण अनुभूति गर्‍यो

#नरेश #ममता
Compare →

Related Stories

World News
Build #2611