Trending
Prev Story
Next Story

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

Arthasansar •
November 11, 2026 • 03:34 AM
2
2 reads 0 reactions

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स...

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स विलियम काउन्टीको अदालतमा मंगलबार भएको सुनुवाइपछि जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीरलाई विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो ।

जुरीले करिब पाँच घण्टा विचारविमर्श गरेपछि स्थानीय समयअनुसार साँझ ५ बजे फैसला सुनाएको थियो । फैसला सुनाइएसँगै नरेशलाई सजाय निर्धारण नभएसम्म धरौटीमा रिहा गर्न अस्वीकार गरिएको छ । उनको सजाय निर्धारण सन् २०२७ को मार्चमा हुने तय भएको छ ।

फैसलापछि कमनवेल्थका अभियोजनकर्ता एमी एशवर्थले ममताको जीवन अन्त्य गर्ने नरेशविरुद्धको फैसलाले न्यायको महत्त्वपूर्ण पक्ष पूरा गरेको बताइन् । उनले ममताको परिवारले दुई वर्षभन्दा बढी समयदेखि पीडा र अनिश्चितता भोग्नुपरेको उल्लेख गरिन् । मंगलबार भएको सुनुवाइमा अभियोजन पक्षले प्रतिवादका लागि विषविज्ञान विशेषज्ञ डा. अबिगेल केर्न्स र नरेशका पूर्वरूममेट आकाश रचलाई साक्षीका रूपमा प्रस्तुत गरेको थियो ।

विशेषज्ञ केर्न्सले ममताले आत्महत्या गर्न प्रयोग गरेको भनिएको सेल्फोस नामक कृषि विषादीमा हुने एल्युमिनियम फस्फाइडको असरबारे अदालतमा बयान दिएकी थिइन् । उनका अनुसार उक्त पदार्थ शरीरमा प्रवेश गरेपछि फस्फिन ग्यास उत्पादन हुन्छ । यसले पेटमा तीव्र दुखाइ, बान्ता, मुटुसम्बन्धी समस्या र श्वासप्रश्वासमा कठिनाइ गराउन सक्छ । गम्भीर अवस्थामा विष सेवन गरेको केही घण्टाभित्रै ज्यान जान सक्ने उनले बताएकी थिइन् ।

नरेशका पूर्वरूममेट आकाश रचले सन् २०२१ मा उनीसँगै बस्दा भएको विवादबारे बयान दिएका थिए । उनका अनुसार विवादका क्रममा नरेशले बन्दुक निकालेर आफू र आफ्नी पत्नीलाई धम्क्याएका थिए । त्यस्तै, ममताकी निकट साथी तथा सहकर्मी सुनिता बस्नेत थापाले ममता आत्महत्या गर्ने स्वभावकी नभएको र उनले आफूलाई कहिल्यै आत्महत्या गर्ने इच्छा व्यक्त नगरेको बयान दिएकी थिइन् । उनले सन् २०२३ को डिसेम्बरमा ममताको अनुहारमा चोटसमेत देखेको बताएकी थिइन् ।

अभियोजन पक्षले मुद्दामा करिब १०० जना साक्षी र झन्डै ५०० वटा प्रमाण प्रस्तुत गरेको जनाएको थियो । तर, प्रतिरक्षा पक्षले अभियोजन पक्षले आरोप पुष्टि गर्न नसकेको दाबी गर्दै नरेशले अदालतमा दिएको बयान सत्य भएको जिकिर गरेको थियो । नरेशले ममताले आत्महत्या गरेको दाबी गर्दै आएका थिए । ममता सन् २०२४ मा बेपत्ता भएपछि उनको खोजी र घटनाको अनुसन्धान सुरु भएको थियो । नरेशमाथि पत्नीको हत्या गरी शव लुकाएको लगायतका अभियोग लगाइएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
ममता काफ्ले हत्या प्रकरण : यी हुन् नरेश भट्टलाई दोषी ठहर गर्ने मुख्य आधारहरू

ममता काफ्ले हत्या प्रकरण : यी हुन् नरेश भट्टलाई दोषी ठहर गर्ने मुख्य आधारहरू

काठमाडाैँ। अमेरिकाको भर्जिनियामा ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई दोषी ठहर गर्न अभियोजन पक्षले एउटै प्रमाणमा भर परेको थिएन। घटनास्थलमा भेटिएको रगत, डीएनए परीक्षण, शव टुक्राटु...

#नरेश #भट्ट #ममता
Compare →
Ekantipur
1w ago
ममताको हत्या अभियोगमा नरेश भट्टको बयान : शव लुकाएको स्वीकार

ममताको हत्या अभियोगमा नरेश भट्टको बयान : शव लुकाएको स्वीकार

शव अझै नभेटिएको अवस्थामा हत्या र शव लुकाएको अभियोग खेपिरहेका भट्टको बयानले घटनाबारे नयाँ प्रश्न उठाएको छ।

#भट्ट #ममता #हत्या
Compare →
Onlinekhabar
2d ago
ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

२५ कात्तिक, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको …

#भट्ट #ममता #हत्या
Compare →
Bizshala
2d ago
शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

काठमाण्डौ । भर्जिनियाको मनासस पार्कबाट नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्ष नाघिसकेको छ । उनको शव...

#नरेश #भट्ट #ममता
Compare →
Nagarik News
1w ago
ममता काफ्ले प्रकरण : दुई वर्षपछि फेरियो नरेशको बोली, अदालतमा गरे नयाँ दाबी

ममता काफ्ले प्रकरण : दुई वर्षपछि फेरियो नरेशको बोली, अदालतमा गरे नयाँ दाबी

अमेरिकाको भर्जिनियामा चलिरहेको ममता काफ्ले भट्ट हत्या मुद्दामा उनका पति नरेश भट्टले दुई वर्षपछि नयाँ दाबी गरेका छन्।

#नरेश #भट्ट #ममता
Compare →

Related Stories

National (Nepal)
Build #2611