अमेरिकाको भर्जिनियामा भएको ममता काफ्ले भट्ट हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्ट तीनवटै अभियोगमा दोषी ठहर भएका छन्। भाइटीकाको दिन सार्वजनिक भएको यो फैसलाले शोकमा डुबेको नेपाली परिवारलाई लामो प्रतीक्षापछि न्यायको महत्वपूर्ण अनुभूति गराएको छ।
नेपालभर दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको प्रतीक भाइटीका मनाइरहेका बेला अमेरिकामा ममता काफ्ले भट्टको परिवारका लागि भने यो दिन भावुक र अविस्मरणीय बनेको छ।
Read full story at source ( barnanmedia.com )