Trending
Prev Story
Next Story

भाइटीका : आत्मीयता, प्रेम र पारिवारिक एकताको पर्व

Hamro Patro News •
November 11, 2026 • 12:07 AM
1
1 reads 0 reactions

तिहार अर्थात् यमपञ्चकको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका पर्व मनाइन्छ। भौगोलिक दूरी, समय र परिस्थितिका कारण टाढा रहेका दाजुभाइ तथा दिदीबहिनीलाई एउटै पारिवारिक सूत्रमा बाँध्दै आपसी प्...

1 / 2
Swipe Photos

तिहार अर्थात् यमपञ्चकको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका पर्व मनाइन्छ। भौगोलिक दूरी, समय र परिस्थितिका कारण टाढा रहेका दाजुभाइ तथा दिदीबहिनीलाई एउटै पारिवारिक सूत्रमा बाँध्दै आपसी प्रेम, सद्भाव र आत्मीयता अभिव्यक्त गर्ने विशिष्ट सामाजिक तथा सांस्कृतिक पर्व हो यो। देशका दूरदराजमा रहेका हुन् वा विदेश पुगेका, आफ्नो मौलिक चाडपर्व, रीतिरिवाज र संस्कृतिप्रति अनुराग राख्ने नेपालीहरू यस अवसरमा पारिवारिक मिलनको प्रतीक्षामा रहन्छन्।

यस दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई सप्तरङ्गी टीका र फूलमाला लगाइदिई शुभकामना तथा आशीर्वाद आदानप्रदान गर्ने परम्परा छ। मीठा परिकार, फलफूल, भाइमसला, दान, दक्षिणा तथा उपहारको आदानप्रदानले पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउँछ। यस पर्वले टीका लगाउने परम्परालाई मात्र नभई दाजुभाइ तथा दिदीबहिनीबीचको पारस्परिक स्नेह, सम्मान, संरक्षण र उत्तरदायित्वलाई समेत अभिव्यक्त गर्दछ।

Read full story at source ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2d ago
दाजुभाइ–दिदीबहिनीको अटुट प्रेमको पर्व भाइटीका : विश्वभर झल्किँदै नेपालीपन

दाजुभाइ–दिदीबहिनीको अटुट प्रेमको पर्व भाइटीका : विश्वभर झल्किँदै नेपालीपन

भाइटीकाले सधैं सम्बन्धको मूल्य धन वा दूरीले होइन, प्रेम, विश्वास र आत्मीयताले निर्धारण गर्छ। बदलिँदो समय र विश्वव्यापी जीवनशैलीका बीच पनि दिदीबहिनी र दाजुभाइबीचको यही अटुट स्नेहले तिहारको मौलिकता र महत्वलाई अझ जीवन्त बनाइरहेको छ।

#पर्व #दाजुभाइ #दिदीबहिनी
Compare →
Arthasansar
2d ago
भाइटीकाको उत्तम साइत बिहान ११ः०७ बजे

भाइटीकाको उत्तम साइत बिहान ११ः०७ बजे

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका...

#पर्व #दाजुभाइ #दिदीबहिनी
Compare →
Ekantipur
2d ago
आज भाइटीका, उत्तम साइत बिहान ११:०७ बजे

आज भाइटीका, उत्तम साइत बिहान ११:०७ बजे

यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ। यस पर्वलाई यमद्वितीया पनि भनिन्छ।

#पर्व #दाजुभाइ #दिदीबहिनी
Compare →
Onlinekhabar
2d ago
आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभर टीका लगाउन सकिने

आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभर टीका लगाउन सकिने

२५ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन आज दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दै भाइटीका पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई ‘यमद्वितीया’ पनि भनिन्छ। यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको …

#दाजुभाइ #दिदीबहिनी #भाइटी
Compare →
Bizshala
2d ago
मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

काठमाण्डौ । घरको संघारमा ओखर फुटाएर, तेलको धाराले दाजुभाइलाई घेरेर र मखमलीको माला पहिर्‍याएर आज भाइटीका मनाइँदैछ।...

#दाजुभाइ #दिदीबहिनी #भाइटी
Compare →

Related Stories

Technology
Build #2611