Trending
Prev Story
Next Story

आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभर टीका लगाउन सकिने

Onlinekhabar •
November 11, 2026 • 01:01 AM
1
1 reads 0 reactions

२५ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन आज दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दै भाइटीका पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई ‘यमद्वितीया’ पनि भनिन्छ। यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको …

आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभर टीका लगाउन सकिने

२५ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन आज दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दै भाइटीका पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई ‘यमद्वितीया’ पनि भनिन्छ।

यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने चलन छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने र गच्छेअनुसार उपहार वा दक्षिणा दिएर सम्मान प्रकट गर्ने परम्परा छ।

भाइटीका आज दिनभर लगाउन सकिने भए पनि साइत नै खोज्नेका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार सर्वसाधारणका लागि आज दिनभर टीका लगाउन कुनै बाधा छैन, तर राज्य सञ्चालकले भने शुभ साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ।

यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्नेछन्। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए।

भाइटीकाका दिन दियो, कलश र गणेशको पूजा गर्दै अष्टचिरञ्जीवी (मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम) का साथै यमराज र यमुनाको पूजा आराधना गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर मखमली, सयपत्री र गोदावरीको माला लगाइदिने तथा ओखर, कटुस, मरमसला र सेलरोटीलगायतका परिकार दिने चलन छ।

दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज दिनभर खुला रहनेछ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा पुगेर पूजा, दर्शन गरी टीका लगाउने प्रचलन छ। काठमाडौं महानगरपालिकाका अनुसार भक्तजनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।

संस्कृतिविद् डा. गोविन्द टण्डनका अनुसार जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा तथा दर्शन गरी टीका लगाउने पुरानो प्रचलन छ।

यसैबीच, नेवार समुदायले भाइटीकाको दिनलाई ‘किजापूजा’ का रूपमा मनाउने गर्छन्। कुल परम्पराअनुसार कसैले आज र कसैले अघिल्लो दिन नै किजापूजा गर्ने चलन छ। भक्तपुरका तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार त्यहाँका अधिकांश नेवार समुदायले भने हिजो नै किजापूजा सम्पन्न गरिसकेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2d ago
नेतादेखि कलाकारसम्मले लगाए भाइटीका (तस्बिरमा हेर्नुहोस्)

नेतादेखि कलाकारसम्मले लगाए भाइटीका (तस्बिरमा हेर्नुहोस्)

हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै टीका लगाइदिने परम्परा छ।

#टीका #दिदीबहिनी #भाइटी
Compare →
Hamro Patro News
2d ago
अस्ट्रेलियामा भाइटीकाको रौनक, दाजुभाइलाई टीका लगाउन सहर पुगे दिदीबहिनी

अस्ट्रेलियामा भाइटीकाको रौनक, दाजुभाइलाई टीका लगाउन सहर पुगे दिदीबहिनी

क्यानबेरा । अस्ट्रेलियामा यसवर्षको भाइटीका नेपाली समुदायले हर्षोल्लासका साथ मनाएका छन् । स्थानीय समयअनुसार बिहान करिब ११ बजेदेखि नै भाइटीका लगाउने क्रम सुरु भएको थियो । कतिपय परिवारले बिहानै शुभसा...

#भाइटी #दाजुभाइ #टीका
Compare →
Bizshala
1d ago
भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २...

#भाइटी #टीका
Compare →
Ekantipur
2d ago
भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीका लगाएपछि चितवन र आसपासका क्षेत्रबाट पर्यटक घुम्न सौराहा पुगेका छन् । तर घोप्टेभीरको पहिरोका कारण पर्यटक आवागमन भने सोचेजति हुन नसकेको व्यवसायीले बताए ।

#भाइटी #टीका
Compare →

Related Stories

Technology
Build #2611