Trending
Prev Story
Next Story

ममताको हत्या अभियोगमा नरेश भट्टको बयान : शव लुकाएको स्वीकार

Ekantipur •
November 06, 2026 • 02:01 AM
1
1 reads 0 reactions

शव अझै नभेटिएको अवस्थामा हत्या र शव लुकाएको अभियोग खेपिरहेका भट्टको बयानले घटनाबारे नयाँ प्रश्न उठाएको छ।

ममताको हत्या अभियोगमा नरेश भट्टको बयान : शव लुकाएको स्वीकार

शव अझै नभेटिएको अवस्थामा हत्या र शव लुकाएको अभियोग खेपिरहेका भट्टको बयानले घटनाबारे नयाँ प्रश्न उठाएको छ।

मनासस, भर्जिनिया — पत्नी ममता काफ्ले भट्टको हत्या अभियोगमा अमेरिकामा मुद्दा खेपिरहेका नरेश भट्टले उनको शव बेडरुममा फेला पारेपछि टुक्राटुक्रा पारेको बताएका छन् । बिहीबार अदालतमा बयान दिने क्रममा उनले शव टुक्र्याउन थाले पनि शारीरिक शक्ति नपुगेपछि बीचमै रोकेको बयान दिएको फक्स न्यूज ले उल्लेख गरेको छ ।

भट्टका अनुसार सन् २०२४ जुलाई ३० को बिहान उनले ममताको शव बेडरुमको भुइँमा देखेका थिए । उनको अनुहार र भुइँमा बान्ता थियो । बान्तामा रगत, खानाका कण, औषधिका क्याप्सुल र कीरा मार्न प्रयोग गरिने कृषि रसायन सेल्फोसको संकेत रहेको भट्टले अदालतमा बताए ।

उनले पत्नीलाई छोएर बोलाउने प्रयास गरेको र सीपीआरसहितका जीवन बचाउने उपाय अपनाएको दाबी गरेका छन् । तर त्यसपछि शव टुक्र्याउन थालेको उनको बयान थियो । सुरुमा खुट्टालाई शरीरबाट अलग गर्ने प्रयास गरेको उनले बताए ।

ममताको शव बाथरुममा सारेको तर, पहिलो दिन शारीरिक शक्ति नपुगेपछि काम रोक्नुपरेको उनको भनाइ थियो । त्यसपछि बेडरुमको ढोका छेकेर छोरीलाई लिन, खाना खुवाउन र सुताउन गएको उनले अदालतमा बताए ।

त्यो रात आफू सुत्न नसकेको पनि उनले बताएका छन् । परिवारले पूजापाठ गर्ने कोठामा गएको हो भन्ने प्रश्नमा भने आफूलाई डर लागेकाले नगएको जवाफ दिए ।

ममताको शव अहिलेसम्म फेला परेको छैन । भट्टमाथि  हत्या, शव लुकाएको  अभियोग छ । सन् २०२४ अगस्टमा पक्राउ परेयता उनी हिरासतमा छन् ।

ममता युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्स थिइन् । उनी काममा उपस्थित नभएपछि प्रहरीले अनुसन्धान थालेको थियो । सुरुमा भट्टले आफूले पत्नीलाई अन्तिम पटक जुलाई २९ मा देखेको बताएका थिए । ममताका साथी र परिवारले भने उनले शिशु छोरीलाई छाडेर नजाने भन्दै प्रहरीलाई जानकारी गराएका थिए ।

भट्टले अगस्ट ५ मा पत्नी हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । उनले ममताले घर छाड्ने र सम्बन्धविच्छेद गर्ने कुरा गरेको दाबी गरेका थिए । अगस्ट २२ मा दम्पतीको बेडरुम र बाथरुममा रगतका दाग फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
ममताको हत्या अभियोगमा नरेश भट्टको बयान : शव लुकाएको स्वीकार

ममताको हत्या अभियोगमा नरेश भट्टको बयान : शव लुकाएको स्वीकार

ममताको हत्या अभियोगमा नरेश भट्टको बयान : शव लुकाएको स्वीकार शव अझै नभेटिएको अवस्थामा हत्या र शव लुकाएको अभियोग खेपिरहेका भट्टको बयानले घटनाबारे नयाँ प्रश्न उठाएको छ। कार्तिक २०, २०८३ कान्तिपुर स...

#भट्ट #बयान #हत्या
Compare →
Arthasansar
2d ago
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स...

#भट्ट #हत्या #अभियोग
Compare →
Nagarik News
1w ago
ममता ह'त्याकाण्डमा नरेशको बयान : आफूले ह'त्या नगरेको तर श'व व्यवस्थापन गरेको स्वीकार, अरु के-के भने ?

ममता ह'त्याकाण्डमा नरेशको बयान : आफूले ह'त्या नगरेको तर श'व व्यवस्थापन गरेको स्वीकार, अरु के-के भने ?

नरेशले ममतालाई बचाउन करिब ४५ मिनेटदेखि एक घण्टासम्म प्रयास गरेको बताए। तर, ममता नबोलेको र साससमेत नफेरेको उनको भनाइ थियो।

#भट्ट #बयान #ममता
Compare →
Bizshala
2d ago
शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

काठमाण्डौ । भर्जिनियाको मनासस पार्कबाट नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्ष नाघिसकेको छ । उनको शव...

#भट्ट #हत्या #ममता
Compare →
Onlinekhabar
2d ago
ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

२५ कात्तिक, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको …

#भट्ट #हत्या #ममता
Compare →

Related Stories

Business & Economy
Build #2611