ममता काफ्ले प्रकरणमा नरेश भट्टसँग अदालतभित्रै कडा जिरह गरेर चर्चामा आएका सरकारी वकिलको नाम हो म्याथ्यु स्वीट (Matthew Sweet)। अमेरिकाको भर्जिनिया राज्यस्थित प्रिन्स विलियम काउन्टीका सरकारी अभियोजनकर्ता स्वीटले नरेशसँग गरेको प्रश्नोत्तर अहिले सामाजिक सञ्जालमा फेरि चर्चामा आएको छ।
मुद्दाको सुनुवाइका क्रममा स्वीटले नरेशलाई ममताकी आमा, आफन्त, साथीभाइ, छिमेकी तथा प्रहरीसँग भएका कुराकानीबारे पटक–पटक प्रश्न गरेका थिए। ती प्रश्नको जवाफ दिने क्रममा नरेशले विभिन्न व्यक्तिसँग आफूले झुट बोलेको स्वीकार गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )