Trending
Prev Story
Next Story

चीनले अन्तरिक्षमा अमेरिकी प्रभूत्वलाई चुनौती दिइरहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष

Ekantipur •
November 09, 2026 • 10:01 AM
1
1 reads 0 reactions

सन् २०२६ को मध्यसम्म चीनसँग ५१० भन्दा बढी गुप्तचर, निगरानी तथा अनुगमन (आइएसआर) उपग्रह रहेका छन्, जसले पृथ्वीका जुनसुकै स्थानको तस्बिर ३० मिनेटभित्र उपलब्ध गराउन सक्छन्

चीनले अन्तरिक्षमा अमेरिकी प्रभूत्वलाई चुनौती दिइरहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष

सन् २०२६ को मध्यसम्म चीनसँग ५१० भन्दा बढी गुप्तचर, निगरानी तथा अनुगमन (आइएसआर) उपग्रह रहेका छन्, जसले पृथ्वीका जुनसुकै स्थानको तस्बिर ३० मिनेटभित्र उपलब्ध गराउन सक्छन्

वासिङ्टन — अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गर्दै चीनले अमेरिकी प्रभुत्वलाई चुनौती दिइरहेको अमेरिकी रक्षा गुप्तचर निकाय (डिआइए) ले जनाएको छ।

उपग्रह निगरानीदेखि प्रतिउपग्रह हतियारसम्मका प्रविधि विकास गरिरहेकाले अमेरिका र उसका सहयोगीका अन्तरिक्ष प्रणालीमा खतरा बढेको प्रतिवेदनको निष्कर्ष छ।

अक्टोबर २०२६ को अन्त्यमा सार्वजनिक १३० पृष्ठ लामो प्रतिवेदनमा चीन, रुस, इरान र उत्तर कोरियालाई प्रमुख सुरक्षा चुनौतीका रूपमा औंल्याइएको छ।

चीनले सन् २०१६ मा ४० वटा उपग्रह प्रक्षेपण गरेकामा गत वर्ष ३८४ वटा पुऱ्याएको थियो। सन् २०२६ को मध्यसम्म चीनसँग ५१० भन्दा बढी गुप्तचर, निगरानी तथा अनुगमन (आइएसआर) उपग्रह रहेका छन्, जसले पृथ्वीका जुनसुकै स्थानको तस्बिर ३० मिनेटभित्र उपलब्ध गराउन सक्छन्।

डिआइएका अनुसार चीनले उपग्रह नष्ट गर्ने क्षेप्यास्त्र, जामिङ, साइबर आक्रमण र शक्तिशाली लेजर प्रविधि विकास गरेको छ। ताइवानलाई लिएर क्षेत्रीय द्वन्द्व भएमा अमेरिकी हस्तक्षेप रोक्न चीनले यी क्षमता प्रयोग गर्न सक्ने आकलन गरिएको छ।

रुससँगको सहकार्य र एआई प्रविधिको प्रयोगले आगामी दशकमा अन्तरिक्ष सुरक्षा चुनौती थप बढ्ने चेतावनी दिइएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
अमेरिकी भिसा ठगी रोक्न जनसहभागिता बढाउँदै अमेरिकी विदेश मन्त्रालय, शंकास्पद गतिविधि रिपोर्ट गर्न आग्रह

अमेरिकी भिसा ठगी रोक्न जनसहभागिता बढाउँदै अमेरिकी विदेश मन्त्रालय, शंकास्पद गतिविधि रिपोर्ट गर्न आग्रह

काठमाडौँ । अमेरिकाले भिसा प्रणालीमा हुने ठगी तथा अनियमितता नियन्त्रण गर्न जनसहभागिता बढाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले नक्कली कागजात, झुटा विवरण तथा गैरकानुनी उद्देश्यका साथ अमेरिका प्रवेश ...

#अमेरिकी
Compare →
Nagarik News
6h ago
सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ दलका सांसदहरूको यो भ्रमणबाट प्राप्त अनुभवलाई नेपालको नीति निर्माण, विकास योजना, स्थानीय शासन र आर्थिक सहकार्यमा कसरी उपयोग गरिन्छ भन्ने विषय भने भ्रमणपछिको महत्त्वपूर्ण पक्ष हुनेछ।

#चीन
Compare →
Onlinekhabar
11h ago
भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

२७ कात्तिक, काठमाडौं । भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धित मुलुकले अग्रिमो पठाएका छन् । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० …

#चीन
Compare →
Bizshala
19h ago
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको भाउ बढेको छ। आज...

#अमेरिकी
Compare →

Related Stories

World News
Build #2611