Trending
Prev Story
Next Story

एपेक सम्मेलनमा पुटिन र सीसँग त्रिपक्षीय वार्ता वार्ता गर्ने ट्रम्पको योजना, इरान युद्धबारे छलफलको अपेक्षा

Ekantipur •
November 09, 2026 • 10:01 AM
1
1 reads 0 reactions

भेटमा इरानसँगको युद्ध अन्त्य, निशस्त्रीकरण तथा हर्मुज जलमार्ग पुनः खोल्ने विषयमा छलफल हुने ट्रम्पले बताएका छन्

एपेक सम्मेलनमा पुटिन र सीसँग त्रिपक्षीय वार्ता वार्ता गर्ने ट्रम्पको योजना, इरान युद्धबारे छलफलको अपेक्षा

भेटमा इरानसँगको युद्ध अन्त्य, निशस्त्रीकरण तथा हर्मुज जलमार्ग पुनः खोल्ने विषयमा छलफल हुने ट्रम्पले बताएका छन्

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता आयोजना हुने एसिया-प्यासिफिक आर्थिक सहयोग (एपेक) सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

उक्त भेटमा इरानसँगको युद्ध अन्त्य, निशस्त्रीकरण तथा हर्मुज जलमार्ग पुनः खोल्ने विषयमा छलफल हुने ट्रम्पले बताएका छन्। यद्यपि, इरानविरुद्ध अमेरिकाले लगाएको जल तथा स्थल नाकाबन्दी कायम रहेको उनले बताए ।  वार्तामा प्रगति भएमा यी विषयहरु पनि समाधान हुँदै जाने उनले बताए ।

इरानी विदेशमन्त्री अब्बास अराग्चीले भने अमेरिकी आक्रमण पुनः सुरु भए कडा जबाफी कारबाही गर्ने चेतावनी दिएका छन्। उनले हर्मुज जलमार्ग सञ्चालनका लागि तेहरानले अघि सारेको दुई दिने प्रस्ताव स्वीकार गर्न वासिङ्टनलाई आग्रह गरेका छन्।

यसैबीच, उत्तरी इराकको कुर्दिस क्षेत्रस्थित खोर मोर ग्यास सुविधामा ड्रोन आक्रमण भई भीषण आगलागी भएपछि सो क्षेत्रमा ठूलो ऊर्जा सङ्कट उत्पन्न भएको छ। आक्रमणका कारण उक्त क्षेत्रको ७० प्रतिशतभन्दा बढी भूभाग विद्युत्विहीन बनेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूहरू ९३ प्रतिशत नभई पूर्ण जित चाहने बताएका छन्।

#ट्रम्प #इरान #युद्ध
Compare →
Hamro Patro News
1d ago
युद्ध अन्त्यका लागि ट्रम्प कुटनीतिक प्रयासमा, इरानले दोहोर्‍यायो सर्त

युद्ध अन्त्यका लागि ट्रम्प कुटनीतिक प्रयासमा, इरानले दोहोर्‍यायो सर्त

खार्तुम- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आठ महिनादेखि जारी युद्ध अन्त्यका लागि सकारात्मक प्रगति भइरहेको बताइरहेका बेला इरानले भने स्ट्रेट अफ होर्मुज पुनः खोल्न अमेरिकाले आफ्ना सर्त पूरा गर्नुपर...

#ट्रम्प #इरान #युद्ध
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प #युद्ध #इरान
Compare →
Onlinekhabar
1d ago
इरानमाथि आक्रमणको विषयमा ट्रम्प र नेतान्याहुबीच भनाभन

इरानमाथि आक्रमणको विषयमा ट्रम्प र नेतान्याहुबीच भनाभन

२६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच इरान युद्धलाई लिएर तनाव बढेको छ। इजरायली सञ्चारमाध्यम यनेटको रिपोर्टअनुसार दुई नेताबीच फोनमा चर्को बहस भएको थियो। यस क्रममा उनीहरू एकअर्कामाथि कराउन …

#ट्रम्प #इरान
Compare →
Arthasansar
12h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प #इरान
Compare →

Related Stories

World News
Build #2611