काठमाडौँ । अमेरिकाले भिसा प्रणालीमा हुने ठगी तथा अनियमितता नियन्त्रण गर्न जनसहभागिता बढाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले नक्कली कागजात, झुटा विवरण तथा गैरकानुनी उद्देश्यका साथ अमेरिका प्रवेश गर्ने प्रयासलाई रोक्न ठगी पहिचान तथा नियन्त्रणसम्बन्धी गतिविधि तीव्र बनाएको जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकाको भिसा प्रणालीको दुरुपयोग रोक्न विभिन्न तहमा कडा निगरानी तथा ठगी नियन्त्रणका प्रयास भइरहेका छन् । भिसा प्राप्त गर्न नक्कली कागजात पेस गर्ने, गलत व्यक्तिगत विवरण उपलब्ध गराउने वा अन्य कुनै गैरकानुनी माध्यम अपनाउने प्रयासलाई निरुत्साहित गर्न मन्त्रालयले सक्रिय रूपमा काम गरिरहेको छ ।
Read full story at source ( aarthiknews.com )