Trending
Prev Story
Next Story

पाल्पामा मौलिक देउसी–भैलो जोगाउने प्रयास

Ekantipur •
November 09, 2026 • 05:32 AM
1
1 reads 0 reactions

बसाइँसराइ र युवापुस्ताको बदलिँदो रुचिले पुराना भाका तथा बाजागाजाको प्रयोग घटाए पनि पाल्पामा केही समूहले परम्परागत भैलोलाई निरन्तरता दिएका छन्।

पाल्पामा मौलिक देउसी–भैलो जोगाउने प्रयास

बसाइँसराइ र युवापुस्ताको बदलिँदो रुचिले पुराना भाका तथा बाजागाजाको प्रयोग घटाए पनि पाल्पामा केही समूहले परम्परागत भैलोलाई निरन्तरता दिएका छन्।

पाल्पा — तिहारमा पाल्पाका गाउँघर र सहरबजार देउसी–भैलोले गुञ्जायमान छन्। कतै साउन्ड सिस्टममा गीत बजाएर नाचगान भइरहेको छ भने कतै मादल, खौजडी र झ्यालीको तालमा पुरानै भाका गुञ्जिरहेका छन्। आधुनिक शैलीको प्रभावसँगै मौलिकता हराउँदै जान थालेपछि केही समूह र संस्कृतिप्रेमी भने पुरानो परम्परा जोगाउने प्रयासमा जुटेका छन्।

‘लक्ष्मीपूजाको दिनदेखि देउसी–भैलो खेल्ने प्रचलन रहेको छ,’ तानसेन नगरपालिका–७, कैलाशनगरका अर्जुन कार्कीले भने, ‘धेरैले डेक बजाउने, साउन्ड सिस्टममा नाच्ने गरेको देखिन्छ तर मौलिकता जोगाउने पनि छन्।’ पहिले तिहार सुरु हुनासाथ गाउँका टोलमा देउसी–भैलो खेल्ने समूह तयार हुन्थे। बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्म एकै ठाउँमा भेला भएर मादल र खौजडीको तालमा मौलिक भाका गाउँदै घरघर पुग्ने चलन थियो। देउसीका भाका र भैलोका गीतले गाउँका घरआँगन गुञ्जायमान हुन्थे। घरधनीले देउसी समूहलाई स्वागत गर्ने, दक्षिणा दिने र अग्रजबाट आशीर्वाद लिने परम्परा रहेको तानसेनका झवि खरालले बताए। ‘यसले गाउँघरमा आपसी सद्भाव, मेलमिलाप र आत्मीयता बढाउँथ्यो,’ गाउँघरको पुरानो चलन सम्झँदै उनले भने, ‘गाउँको मौलिकता अहिले गाउँमैसमेत छैन।’

बसाइँसराइ र युवापुस्ताको बदलिँदो रुचिका कारण मौलिक देउसी–भैलोको अभ्यास घट्दै गएको छ। मादल बजाउँदै भाका मिलाएर देउसी भट्ट्याउने र पुराना गीत गाउने चलनको सट्टा रेकर्ड गरिएका गीत साउन्ड सिस्टममा बजाएर नाच्ने प्रवृत्ति बढेको छ। प्रविधिको विकाससँगै मनोरञ्जनका नयाँ शैली भित्रिए पनि त्यसले मौलिक देउसी–भैलोको पहिचान ओझेलमा पार्दै गएकोमा चिन्ता व्यक्त हुन थालेको छ।

तानसेन नगरपालिका–७, कैलाशनगरकी मालती पौडेललाई अहिलेको देउसी–भैलोमा पहिलेको जस्तो आत्मीयता कम हुँदै गएको लाग्छ। पहिले समूह बनाएर मादल बजाउँदै घरघरमा पुग्ने, भाका मिलाएर देउसी गाउने र शुभकामना साटासाट गर्ने चलन रहेको उनी सम्झिन्छिन्। ‘अहिले मनोरञ्जनका नयाँ माध्यम बढेसँगै पुराना भाका र परम्परा ओझेलमा पर्दै गएको छ,’ उनले भनिन्।

लोकगायक कमल भट्टराई देउसी–भैलोलाई मनोरञ्जनको माध्यम मात्र नभई नेपाली मौलिक संस्कृति र लोकपरम्पराको अभिन्न हिस्सा मान्छन्। ‘मादल, खौजडी र झ्यालीको तालमा गाइने पुराना भाका तथा देउसीका शब्दमा समाजको संस्कार र परम्परा जोडिएको छ,’ उनले भने। नयाँ पुस्ताले पनि यस्ता गीत र भाका सिक्नुपर्ने उनको सुझाव छ।

आधुनिक शैलीको प्रभाव बढे पनि पाल्पामा अझै कतिपय समूह र संस्थाले परम्परागत देउसी–भैलोलाई निरन्तरता दिँदै आएका छन्। उनीहरूले मादल बजाउने, पुराना भाका गाउने र सामूहिक रूपमा देउसी खेल्ने अभ्यासलाई कायम राखेका छन्। तानसेनकी लोकसंस्कृति पारखी धनीसरा खाम्चा मगर पनि पुरानो शैलीको देउसी–भैलोमा छुट्टै आत्मीयता र रमाइलोपन रहेको बताउँछिन्। ‘घरघरमा पुगेर भाका मिलाउँदै देउसी खेल्दा गाउँमा सबैबीच भेटघाट र सम्बन्ध बलियो हुने गर्छ,’ उनले भनिन्।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान पाल्पाका अध्यक्ष रुपेश कार्कीका अनुसार देउसी–भैलोको मौलिकता जोगाउन पुराना गीत र भाकालाई नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक छ। ‘आधुनिक प्रविधिको प्रयोग गरे पनि परम्परागत बाजागाजा र गीतलाई बिर्सन हुँदैन,’ उनले भने।

देउसी–भैलोमा समयसँगै परिवर्तन आउनु स्वाभाविक भए पनि पुस्तौँदेखि चल्दै आएको मौलिक परम्परा बिर्सन नहुने उनको भनाइ छ। नयाँ पुस्ताले नयाँ शैलीमा रमाइलो गर्नु स्वाभाविक भए पनि मादल, खौजडी र झ्यालीको तालमा गाइने पुराना भाका, देउसीका शब्द र सामूहिक रूपमा घरघर पुग्ने संस्कारलाई निरन्तरता दिन सके मात्रै यसको मौलिकता जोगिने उनले बताए।

आधुनिक मनोरञ्जनसँगै पुरानो परम्परालाई पनि अपनाउन सके तिहारको सांस्कृतिक महत्त्व र देउसी–भैलोको पहिचान नयाँ पुस्तामा हस्तान्तरण गर्न सकिने संस्कृतिविद् मदन देउरालीले बताए।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
देउसी–भैलोको भीडमा हराउँदै सोरठीको मौलिकता

देउसी–भैलोको भीडमा हराउँदै सोरठीको मौलिकता

रुपन्देही । तिहार लागेसँगै गाउँबस्तीमा देउसी र भैलोका भाका गुञ्जिन थालेका छन् । मादल, मञ्जिरा, झ्याली र बाँसुरीका तालमा घरघर पुगेर गीत गाउने, नाच्ने र शुभकामना साटासाट गर्ने परम्पराले नेपाली समाजमा...

#भैलो #देउसी #मौलिक
Compare →
Onlinekhabar
3d ago
देउसी-भैलोमा हराउँदै मौलिकता

देउसी-भैलोमा हराउँदै मौलिकता

२४ कात्तिक, धनकुटा । तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती, सयपत्री र मखमली फूल, घरआँगनमा बनाइने रंगोली अनि साँझपख गाउँबस्तीमा गुञ्जिने देउसी–भैलोका भाका स्मरणमा आउँछन् । तिहारको उल्लासलाई पूर्णता दिने देउसी–भैलो नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको …

#भैलो #देउसी #मौलिक
Compare →
Nagarik News
3d ago
मस्कटको देउसी-भैलोले ततायो एनपीएल मैदान (तस्बिरसहित)

मस्कटको देउसी-भैलोले ततायो एनपीएल मैदान (तस्बिरसहित)

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मस्कटहरूले देउसी-भैलो प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिएका छन्। संगीत, नाचगान र रमाइलोसँगै मस्कटहरूले तिहारको उत्सवमय माहोल बनाएका हुन्।

#भैलो #देउसी
Compare →

Related Stories

Technology
Build #2611