Trending
Prev Story
Next Story

बाँकेका दुई पसलमा लागेको आगो ६ दमकलले दुई घण्टामा निभायो

Ekantipur •
November 09, 2026 • 05:32 AM
1
1 reads 0 reactions

विद्युतको तार सर्ट भएर सुरु भएको आगो ६ वटा दमकल, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासपछि साढे दुई घण्टामा नियन्त्रणमा आयो।

बाँकेका दुई पसलमा लागेको आगो ६ दमकलले दुई घण्टामा निभायो

विद्युतको तार सर्ट भएर सुरु भएको आगो ६ वटा दमकल, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासपछि साढे दुई घण्टामा नियन्त्रणमा आयो।

नेपालगन्ज — बाँकेमा आइतबार साँझ लक्ष्मीपूजाका बेला दुई वटा पसलमा लागेको आगो ६ दमकल प्रयोग गरी दुई घण्टा लगाएर नियन्त्रणमा लिइएको छ ।

जानकी गाउँपालिका–३ कोरियनपुरस्थित लक्ष्मी बिजुली भण्डार एण्ड जनरल अर्डर सप्लायर्स र जय हनुमान ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी भएको हो । आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ ।

आइतबार बेलुकी करिब ७ बजेको समयमा अमर ओलीले संचालन गर्ने एकै स्थानमा रहेका ती फर्महरुमा विद्युतको तार सर्ट भई आगलागी सुरु भएको हो । विजुलीका सामानको गोदाम भएका आगलागीमा बढी क्षति भएको हो।

करिब साढे २ घन्टापछि साढे ९ बजेतिर आगो नियन्त्रणमा आएको बाँके प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले बताए । आगो नियन्त्रणमा लिन नेपाली सैनिक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाका ३, कोहलपुर नगरपालिकाको १, नरैनापुर गाउँपालिकाको १ र नेपाल आयल निगम राझाको १ गरी ६ वटा दमकलबाट आगो नियन्त्रणमा लिइएको डीएसपी राठौरले बताए ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2d ago
सानेपाको कागज गोदाममा लागेको आगो सेनाको टोलीले निभायो

सानेपाको कागज गोदाममा लागेको आगो सेनाको टोलीले निभायो

ललितपुर- ललितपुर महानगरपालिका-२, सानेपा हाइटस्थित एक कागज गोदाममा लागेको आगो नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको छ। कात्तिक २४ गते गोदाममा आगलागी भएपछि नेपाली सेनाको राजदल गणबाट खटिएको टोलीले अ...

#आगो #लागे #निभायो
Compare →
Bizshala
2d ago
उछालको केही घण्टामै सुनचाँदीमा भारी गिरावट किन आयो ?

उछालको केही घण्टामै सुनचाँदीमा भारी गिरावट किन आयो ?

काठमाण्डौ । सोमबार १ प्रतिशतभन्दा बढी उक्लिएको अन्तर्राष्ट्रिय सुनको भाउ मंगलबार केही घण्टामै उल्टियो। कारोबारको...

#घण्टा
Compare →

Related Stories

Business & Economy
Build #2611