Trending
Prev Story
Next Story

खाद्यको मेलामा अर्गानिक उत्पादन खोज्दै उपभोक्ता

Ekantipur •
November 09, 2026 • 05:32 AM
1
1 reads 0 reactions

मेलामा नेपाली उत्पादन, परम्परागत खाद्य सामग्री, फूलमाला, माटाका भाँडा, रैथाने बाली र अल्लोका सामग्रीसहित २६ स्टल राखिएका छन्।

खाद्यको मेलामा अर्गानिक उत्पादन खोज्दै उपभोक्ता

मेलामा नेपाली उत्पादन, परम्परागत खाद्य सामग्री, फूलमाला, माटाका भाँडा, रैथाने बाली र अल्लोका सामग्रीसहित २६ स्टल राखिएका छन्।

काठमाडौँ — अनलाइनमा गाँजाको मोजा (हेम्स मोजा) को विज्ञापन देखिरहन्थे प्रक्षेप थापा । नगनाउने, बलियो र टिकाउयुक्त मोजाको विज्ञापनले सधैं उनको ध्यान तानिरहन्थ्यो । अनलाइन, सामाजिक सञ्जालमा देखे पनि उनले मोजा लगाएका भने थिएनन् ।

नेपाल टेलिकमका सहायक प्रवक्ता रहेका थापाले शनिबार थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको तिहार विशेष रैथाने मेलामा हेम्स मोजा दुई जोर किने । ‘यो खुब विज्ञापनमा देखिरहन्थें, गन्हाउँदैन टिक्छ भन्ने सुनेको थिएँ । लगाउन मन थियो,’ थापाले भने, ‘आफ्नै देशको उत्पादन हो, आज किन्न पाएँ ।’

खाद्य व्यवस्था कम्पनीले नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन, स्थानीय उद्यमशीलता तथा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले शनिबारदेखि सोमबारसम्म ‘तिहार विशेष रैथाने मेला २०८३’ सञ्चालन गरेको छ । मेलामा तिहार विशेष परिकार तथा परम्परागत खाद्य सामग्री, फूलमाला तथा सजावटका सामग्री, माटाका भाँडा, रैथाने बालीलगायतका २६ स्टल छन् ।

मेलामा कोठी हिमाल अल्लो कपडा उद्योगले मोजालगायत, झोला स्टकोट बिक्री गरिरहेको छ । यी सामग्रीको मूल्य ३ सय ५० देखि १५ सय ५० सम्म रहेको उद्योगको भनाइ छ । थापा जस्तै उपभोक्ता मोजा, झोलादेखि इस्टकोट किन्न हौसिरहेका थिए । मेलामा विशेष छुटका साथ सामान बिक्री भइरहेको उद्योगका प्रतिनिधि मगर एमले जनाए । ‘हामीले अहिले सामानमा छुट दिइरहेका छौं । टोपी तथा ब्यागको मूल्य ३ सय ५० रुपैयाँदेखि १ हजार ५ सय ५० रुपैयाँसम्म छ,’ मगरले भने, ‘अहिले हामीले केही सामानमा २ सय रुपैयाँसम्म छुट दिएका छौं ।’

उपभोक्ता भने अर्गानिक र रैथाने सामग्री खोज्दै मेला नियालिरहेका छन् । मेलामा पुगेका उपभोक्ता प्रकाशमान श्रेष्ठले पनि मुस्ताङको उत्पादित भन्दै कालो र सेतो सिमी किने । केही वर्षअगाडि जोमसोम जाँदा मुस्ताङको सिमीको स्वाद मिठो लागेकाले किनेको उनले सुनाए । मेलामा रैथाने र अर्गार्निक खाद्यान्न एकै स्थानमा सस्तो मूल्यमा पाएको उनको भनाइ छ । तीन सय ५० प्रतिकेजीमा सिमी किनेका उनले बाहिरभन्दा सस्तो पाएको जनाए ।

भर्टेक्स फुड्स एन्ड बेभरेजेजले विभिन्न प्रकारका तयारी खाद्य सामग्री बिक्रीका लागि राखेको छ । कम्पनीले बालबालिका तथा वयस्कलाई लक्षित गरी प्यानकेक, पौष्टिक पेय, जाउलो, खिर र लिटो बनाउन मिल्ने तयारी मिश्रण (प्रिमिक्स) उत्पादन गरेको कम्पनीकी प्रतिनिधि तथा खाद्यविद् रचना पाण्डेले बताइन् ।

कम्पनीले स्थानीय अन्न तथा गेडागुडीको प्रयोग गरी प्यानकेक, पौष्टिक पेय, जाउलो, लिटो र खिर बिक्रीमा राखेको उनको भनाइ छ । ‘कोदो, गहुँ, कालो दाल, बदाम र आलसजस्ता सामग्री प्रयोग गरेर खाद्यान्न बनाइएको छ,’ पाण्डेले भनिन्, ‘यी उत्पादन सहज रूपमा तयार गर्न सकिने र अर्गानिक स्वाद छ ।’

सरकारी निकाय जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र र खाद्य कम्पनी लिमिटेडले पनि आफ्नै छुट्टै स्टल राखेका छन् । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका उत्पादित सञ्चो, हिमालयन मसाज वेयल, सिलाजित र हिमालयन मसाज आयल बिक्रीका लागि राखिएको छ ।

सिलाजित तेल स्वास्थ्यका लागि उपयोगी हुनाले अवलोकनकर्ताले धेरै खोजेको कर्मचारी प्रेमबहादुर रावलले जानकारी दिए । खाद्य व्यापार कम्पनीले पनि आफ्नै स्टल राखेको छ । यसमा जुम्लाका सिमी, कागुनो, मासदाल, मसुरो दाल छुटमा बिक्री भइरहेका छन् ।

प्रकृति कान्तिपुर मिडिया ग्रुपका आबद्ध दाहाल, अर्थतन्त्रका विविध आयाम, महिला अधिकार र प्रशासनका विषयमा रिपोर्टिङ गर्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4d ago
रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

२३ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रैथाने कृषि उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि सरकारले देशभरका ठूला शहरमा रैथाने मेला तथा प्रदर्शनी नियमित रूपमा आयोजना गर्नुपर्ने बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार …

#मेला #उत्पादन #रैथाने
Compare →
Hamro Patro News
6d ago
तिहार विशेष रैथाने मेलामा स्वदेशी उत्पादनको प्रवर्द्धन

तिहार विशेष रैथाने मेलामा स्वदेशी उत्पादनको प्रवर्द्धन

काठमाडौँ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वदेशी तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले तिहार विशेष रैथाने मेला आयोजना गरेको छ । थापाथलीस्थित कम्पनीको कार्यालय परिसरमा आजदे...

#मेला #उत्पादन #रैथाने
Compare →
Nagarik News
4d ago
माटोको सुवास बोकेका रैथाने उत्पादन देशैभरका भान्छामा पुग्नुपर्छ: सभामुख अर्याल

माटोको सुवास बोकेका रैथाने उत्पादन देशैभरका भान्छामा पुग्नुपर्छ: सभामुख अर्याल

सभामुख डोलप्रसाद (डिपी) अर्यालले रैथाने बाली तथा स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि सरकारले नियमित रूपमा सहजीकरण गर्नुपर्ने बताएका छन्।

#उत्पादन #रैथाने
Compare →
Bizshala
5d ago
७७ वटै जिल्लामा सार्वजनिक बिदाका दुई दिन रैथाने उत्पादन बेच्ने बजार बनाउने तयारी, थापाथलीबाट सुरुवात

७७ वटै जिल्लामा सार्वजनिक बिदाका दुई दिन रैथाने उत्पादन बेच्ने बजार बनाउने तयारी, थापाथलीबाट सुरुवात

काठमाण्डौ । तिहारका लागि फूलमाला, परिकार र सजावटका सामग्री किन्ने बेला सरकारले रैथाने उत्पादनलाई सिधै उपभोक्तासम्म...

#उत्पादन #रैथाने
Compare →

Related Stories

Business & Economy
Build #2611