Trending
Prev Story
Next Story

मकै र भटमासको मूल्यवृद्धि : पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो

Onlinekhabar •
November 10, 2026 • 03:01 AM
1
1 reads 0 reactions

२४ कात्तिक, चितवन । विदेशबाट आयात हुने मकै र भटमासको मूल्य आकासिएपछि दानाको लागत मूल्य बढेको छ । यससँगै पशुपन्छीजन्य उत्पादनको खर्च बढ्ने भएको छ । यसबाट प्रत्यक्ष रूपमा उपभोक्ता प्रभावित हुने भएका छन् । नेपाल …

मकै र भटमासको मूल्यवृद्धि : पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो

२४ कात्तिक, चितवन । विदेशबाट आयात हुने मकै र भटमासको मूल्य आकासिएपछि दानाको लागत मूल्य बढेको छ । यससँगै पशुपन्छीजन्य उत्पादनको खर्च बढ्ने भएको छ । यसबाट प्रत्यक्ष रूपमा उपभोक्ता प्रभावित हुने भएका छन् ।

नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष उमेश सापकोटाका अनुसार १५ दिनअघिसम्म भारतबाट आउने मकै प्रतिकिलो रु ३९ र नेपाली मकै रु ३६ मा खरिद हुने गरेको थियो । अहिले भारतीय मकैको मूल्य प्रतिकिलो रु ५४ र नेपाली मकैको मूल्य रु ५० भन्दा माथि पुगेको छ । यस्तै, अमेरिका र बङ्गलादेशबाट आउने भटमासको पिनाको मूल्य प्रतिकिलो रु ८७ /८८ बाट बढेर रु ९५/९६ पुगेको छ ।

नेपालमा मकै र भटमासको पिना सबैभन्दा बढी कुखुराको दानामा प्रयोग हुन्छ । दानामा मकै ५० देखि ६० प्रतिशतसम्म प्रयोग हुन्छ भने भटमासको पिना २५ प्रतिशत प्रयोग हुन्छ । कुखुराको दानामा यसका अतिरिक्त थोरै मात्रामा तोरीको पिना, डिसिपी, ढुटो, मार्बल डस्ट, मिनरल र भिटामिनजस्ता वस्तु प्रयोग हुन्छन् । ढुटोको मूल्यसमेत प्रतिकिलो रु ३५ बाट ४७ पुगेको छ ।

सापकोटाका अनुसार दानाको लागत मूल्यमा करिब १५ प्रतिशत वृद्धि भएको छ । यससँगै विदेशबाट आयात हुने भटमासको पिना पहिले ६० दिनमा आइपुग्ने गरेकामा अहिले ९० दिन लाग्न थालेको छ । जसका कारण खर्च बढेको उनले बताए ।

नेपालमा भटमासजन्य पदार्थ वार्षिक तीन लाख ५० हजार मेट्रिक टन खपत हुन्छ । ती सबै तेस्रो मुलुकबाट आयात हुने गर्छन् । यस्तै, मकै वार्षिक छ लाख ५० हजारदेखि सात लाख मेट्रिक टनसम्म खपत हुने गरेको छ । जसमध्ये १५ देखि २० प्रतिशत भारतबाट आउने गरेको छ भने बाँकी नेपालकै उत्पादनले धान्ने गरेको छ ।

भारतमा मकैको मूल्य बढेपछि अहिले कुखुराको दानामा प्रयोग नहुने कमजोर गुणस्तरको मकै इथानोल उत्पादनका लागि भारत जाने गरेको उनले जानकारी दिए ।

कच्चा पदार्थको मूल्य अत्यधिक बढेपछि दाना उत्पादकहरूले ब्रोइलर कुखुराको दानाको मूल्य प्रतिकिलो रु पाँच र लेयर्स कुखुराको दानाको मूल्यरु चार बढाएका छन् । हाल दानाको मूल्य प्रतिकिलो रु ५५ देखि ७५ सम्म पर्ने गरेको छ । सापकोटाले तत्कालका लागि राहत दिन दानाको मूल्य बढाइएको भए पनि वास्तविक लागत धान्न नसक्ने अवस्था रहेकाले मूल्य थप बढ्ने बताए ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले दानाको लागत मूल्य बढेसँगै अण्डाको उत्पादन लागत प्रतिगोटा रु दुईदेखि तीनसम्म बढेको बताए । यसअघि बजार मूल्यलाई आधार मानेर अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा कायम भएको थियो । दानाको लागत मूल्य प्रतिकिलो करिब रु १० ले बढ्ने भएपछि अण्डाको उत्पादन लागतसमेत बढेको उनले बताए ।

लागत मूल्यसमेत नपाएर धेरै किसान विस्थापित भइरहेको अवस्थामा लागत मूल्य नजिक पुगेको केही समयमै दानाको मूल्य बढेपछि अण्डा उत्पादक किसान थप सङ्कटमा पर्ने उनको भनाइ छ ।

‘छिट्टै लागत मूल्य पाउने वातावरण किसानलाई गराउन सकिएन भने बाँकी रहेका अण्डा उत्पादक किसान पनि विस्थापित हुन्छन्,’ उनले भने । नेपालमा लेयर्स कुखुरापालन गर्ने ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भइसकेका छन् । पुराना किसानले लगानी थपेको र नयाँ किसानसमेत व्यवसायमा आएकाले उत्पादन बढेको हुँदा बजारको माग धान्न सम्भव भएको हो ।

ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले दानाको लागत मूल्य बढेपछि चल्ला र मासुको उत्पादन लागत बढेको बताए । जिउँदो कुखुरा प्रतिकिलो लागत रु २१० हाराहारी रहेकोमा बढेर रु २३० भन्दा बढी पुगेको बताए । यस्तै लेयर्स कुखुराको चल्ला प्रतिगोटाको लागत मूल्य रु १२० बाट रु १५० र ब्रोइलर चल्ला रु ६५ बाट रु ८० पुगेको उनको भनाइ छ ।

लामिछानेले दानाको कच्चा पदार्थको मूल्य अश्वभाविक बढ्दा पशु र पन्छीको उत्पादन लागतमा वृद्धि भएको बताए । यसबाट गाईभैँसीको दूधको लागत, माछा उत्पादनको लागत मूल्य, बङ्गुरको लागत मूल्य सबै बढेको छ । जसको प्रत्यक्ष प्रभाव बजारमा देखिन थालेको किसानले बताएका छन् । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
दानाको मूल्य १५ प्रतिशत बढ्यो, पशुपन्छीपालनमा लागतको मार

दानाको मूल्य १५ प्रतिशत बढ्यो, पशुपन्छीपालनमा लागतको मार

विदेशबाट आयात हुने मकै र भटमासको मूल्य आकासिएपछि दानाको लागत मूल्य बढेको छ । यससँगै पशुपन्छीजन्य उत्पादनको खर्च बढ्ने भएको छ । यसबाट प्रत्यक्ष रूपमा उपभोक्ता प्रभावित हुने भएका छन् ।

#मकै #लागत
Compare →
Ekantipur
1d ago
हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न वनमन्त्री गीता चौधरीको आग्रह

हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न वनमन्त्री गीता चौधरीको आग्रह

हरित युरिया उत्पादनका लागि वित्तीय स्रोतको अभाव मुख्य चुनौती रहेको भन्दै मन्त्री चौधरीले एडिबी, जिजिजिआई, ग्रिन क्लाइमेट फन्डलगायत विकास साझेदारलाई हरित युरिया उद्योग स्थापनाका लागि सहवित्तीयकरण गर्न आह्वान गरेकी हुन् ।

#उत्पादन
Compare →
Nagarik News
2d ago
कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन् । त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा बढी आम्दानी गरेका छन् ।

#उत्पादन
Compare →
Bizshala
5d ago
आम्दानी घट्दा बिक्री लागत दोब्बरभन्दा बढी भएपछि अरुण काबेलीको नाफामा धक्का

आम्दानी घट्दा बिक्री लागत दोब्बरभन्दा बढी भएपछि अरुण काबेलीको नाफामा धक्का

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेड (एकेपीएल) को सञ्चालन आम्दानी पहिलो त्रैमासमा ९.१८ प्रतिशतले घट्दा खुद नाफा ६५.२७...

#लागत
Compare →

Related Stories

Business & Economy
Build #2611