Trending
Prev Story
Next Story

टीआरसी आयोगले ७ महिनासम्म पाएन पदाधिकारी

Onlinekhabar •
November 10, 2026 • 03:00 AM
1
1 reads 0 reactions

२४ कात्तिक, काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी)सँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन छ । २२ वैशाख २०८३ मा सरकारले ‘सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेको …

टीआरसी आयोगले ७ महिनासम्म पाएन पदाधिकारी

२४ कात्तिक, काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी)सँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन छ ।

२२ वैशाख २०८३ मा सरकारले ‘सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेको थियो । सोही अध्यादेशका आधारमा टीआरसी र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका तत्कालीन पदाधिकारीहरूलाई पदमुक्त भए । त्यसपछि रिक्त पदमा पुनः पदपूर्ति भएको छैन ।

अध्यादेशमार्फत पदाधिकारी हटेपछि नयाँ पदाधिकारीहरू नियुक्त नहुँदा आयोगले काम गर्न सकेको छैन ।

टीआरसी आयोगमा सुरुवाती समयमा ६३ हजार ७१८ वटा उजुरीहरू दर्ता भएका थिए । तर, २०८१ सालमा ऐन संशोधन भएपछि विशेष गरी विगतमा उजुरी दिन छुटेका द्वन्द्वपीडितहरू (विशेष गरी यौन हिंसा र बलात्कारबाट पीडित महिलाहरू) का लागि पुनः उजुरी दिने म्याद थपिएको थियो ।

उक्त म्यादमा नयाँ थपिएका १५ हजार भन्दा बढी उजुरीहरूसहित हाल सत्य निरूपण तथा मेलमिलाप आयोगमा कुल ७८ हजार ९०९ वटा उजुरीहरू रहेका छन् ।

सात महिनासम्म पदाधिकारीहरू नियुक्त नहुँदा आयोगले काम गर्न नसकेको बताउँछन् पूर्वमहान्यायाधीवक्ता समेत रहेका राष्ट्रिय सभा सदस्य खम्मबहादुर खाती ।

‘आयोग पदाधिकारीविहीन छ । त्यहाँ काम गर्नुपर्नेछ,’ उनी भन्छन्, ‘आयोग गठन भएर त्यहाँ रहेका उजुरी अध्ययन गरेर अगाडि जानुपर्ने छ ।’

खाती समेतको सहभागितामा राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति अन्तर्गतको ‘ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति’ले संक्रमणकालीन न्यायको अवस्थाबारे अध्ययन गरेको थियो ।

उक्त अध्ययनले पनि यो विषय सरकारको प्राथमिकतामा नपरेको औंल्याएको छ ।

‘कानुन र कार्यविधि निर्माणसँगै राजनीतिक सहमति, आयोगको संस्थागत क्षमता र पीडितको न्याय सुनिश्चित गर्नु अबको काम हो’ सांसद् खाती भन्छन्, ‘तर फेरि पनि सरकारले यो विषयलाइ प्राथमिकतामा राखेको देखिँदैन ।’

कानुन न्याय तथा संसदीय मामिलामन्त्रीसँग कुरा गर्दा टीआरसी ऐनसँग सम्बन्धित विषयहरू कार्यान्वयन गरेर जाने प्रतिबद्धता आएको तर त्यसअनुसारको व्यवहार अनुभूत गर्न भने नपाएको पनि उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
6d ago
संक्रमणकालीन न्यायका दुई आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघीय विज्ञको आग्रह

संक्रमणकालीन न्यायका दुई आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघीय विज्ञको आग्रह

आयोगहरू पदाधिकारीविहीन बनेपछि सत्य निरूपण, बेपत्ता छानबिन, पीडितको परिपूरण र दण्डहीनता अन्त्य गर्ने प्रक्रिया अझ सुस्ताएको छ।

#बेपत्ता #पदाधिकारी
Compare →
Hamro Patro News
13h ago
शिक्षा मन्त्रालयले गर्‍यो त्रिवि पदाधिकारीसँग छलफल

शिक्षा मन्त्रालयले गर्‍यो त्रिवि पदाधिकारीसँग छलफल

त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउन शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ। शुक्रबार सिं...

#पदाधिकारी
Compare →
Nagarik News
1w ago
कांग्रेसले बोलायो पदाधिकारीको अनौपचारिक बैठक, कार्यविभाजन मुख्य एजेन्डा

कांग्रेसले बोलायो पदाधिकारीको अनौपचारिक बैठक, कार्यविभाजन मुख्य एजेन्डा

पार्टी कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारीहरूको कार्यविभाजन र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने भएको छ।

#पदाधिकारी
Compare →
Arthasansar
1w ago
गगन थापाको पक्राउ चर्चाबीच कांग्रेसले बोलायो पदाधिकारी बैठक

गगन थापाको पक्राउ चर्चाबीच कांग्रेसले बोलायो पदाधिकारी बैठक

नेपाली कांग्रेसले आज दिउँसो ३ बजेका लागि पदाधिकारी बैठक बोलाएको छ।...

#पदाधिकारी
Compare →

Related Stories

Politics & Governance
Build #2611