Trending
Prev Story
Next Story

संक्रमणकालीन न्यायका दुई आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघीय विज्ञको आग्रह

Ekantipur •
November 07, 2026 • 04:31 AM
1
1 reads 0 reactions

आयोगहरू पदाधिकारीविहीन बनेपछि सत्य निरूपण, बेपत्ता छानबिन, पीडितको परिपूरण र दण्डहीनता अन्त्य गर्ने प्रक्रिया अझ सुस्ताएको छ।

संक्रमणकालीन न्यायका दुई आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघीय विज्ञको आग्रह

आयोगहरू पदाधिकारीविहीन बनेपछि सत्य निरूपण, बेपत्ता छानबिन, पीडितको परिपूरण र दण्डहीनता अन्त्य गर्ने प्रक्रिया अझ सुस्ताएको छ।

काठमाडौँ — संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक बर्नार्ड डुहाइमले संक्रमणकालीन न्याय प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राख्दै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न सरकारलाई आग्रह गरेका छन् ।

दशक लामो सशस्त्र द्वन्द्व अन्त्य भएको २० वर्ष पुग्न लाग्दासमेत संक्रमणकालीन न्याय प्रक्रियामा उल्लेख्य प्रगति हुन नसकेको भन्दै उनले दुवै आयोगलाई पुनः सक्रिय बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सत्य, न्याय, परिपूरण तथा फेरि त्यस्ता घटना नदोहोरिने सुनिश्चितताका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक डुहाइमले सन् २००६ को विस्तृत शान्ति सम्झौताको २० औं वार्षिकोत्सवको सन्दर्भमा यस्तो आग्रह गरेका हुन् । नेपालमा तत्कालीन सरकार र माओवादीबीच २००६ नोभेम्बर २१ मा भएको सम्झौताले सशस्त्र द्वन्द्व औपचारिक रूपमा अन्त्य गरेको थियो ।

'सम्झौतामा सन् २००६ मा हस्ताक्षर भएयता संक्रमणकालीन न्यायका विभिन्न पहल सुरु गरिएका छन् । तर, प्रगति भने सुस्त रहेको छ,' संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयद्वारा जारी विज्ञप्तिमा डुहाइमले भनेका छन् ।

यस वर्षको सुरुवातमा नयाँ सरकार गठन हुनुले सुशासन सुदृढ गर्ने र संक्रमणकालीन न्याय प्रक्रियालाई गति दिने अवसर सिर्जना गरेको उनको भनाइ छ । उक्त अवसर गुमाउन नहुने भन्दै उनले आयोगहरूमा शीघ्र पदाधिकारी नियुक्त गर्न आग्रह गरेका छन् ।

नेपालले न्याय, जवाफदेहिता र मानव अधिकारप्रतिको प्रतिबद्धता पूरा गर्न अन्तर्राष्ट्रिय मानव अधिकार संयन्त्र तथा निकायहरूसँग अर्थपूर्ण सहकार्य गर्नुपर्ने पनि उनले बताएका छन् ।

यस वर्ष नेपाल भ्रमण गर्ने आफ्नो पूर्वनिर्धारित कार्यक्रम हुन नसकेकोमा दुःख व्यक्त गर्दै डुहाइमले भ्रमणका लागि वैकल्पिक मिति तय गर्न सरकारसँग सहकार्य जारी राख्ने बताएका छन् । संक्रमणकालीन न्याय अघि बढाउन र पीडितका अधिकार संरक्षण गर्न नेपाल भ्रमण महत्त्वपूर्ण अवसर हुने उनको भनाइ छ ।

राजनीतिक असहमति, कानुनी तथा संस्थागत चुनौती र पदाधिकारी नियुक्तिमा भएको ढिलाइका कारण संक्रमणकालीन न्याय प्रक्रिया लामो समयदेखि अवरुद्ध छ । द्वन्द्वपीडित र बेपत्ता पारिएका व्यक्तिका परिवारले अझै सत्य, न्याय र परिपूरण पाउन सकेका छैनन् ।

गत मे महिनामा सरकारले अध्यादेशमार्फत दुवै आयोगका तत्कालीन पदाधिकारी हटाएपछि ती आयोग पदाधिकारीविहीन छन् । नयाँ पदाधिकारी नियुक्तिमा भइरहेको ढिलाइले संक्रमणकालीन न्याय प्रक्रियालाई थप प्रभावित पारेको छ ।

विस्तृत शान्ति सम्झौतामा द्वन्द्वका क्रममा भएका गम्भीर मानव अधिकार उल्लंघन तथा मानवताविरुद्धका अपराधको छानबिन र मेलमिलाप प्रवर्द्धन गर्न छ महिनाभित्र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्ने व्यवस्था गरिएको थियो ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
टीआरसी आयोगले ७ महिनासम्म पाएन पदाधिकारी

टीआरसी आयोगले ७ महिनासम्म पाएन पदाधिकारी

२४ कात्तिक, काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी)सँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन छ । २२ वैशाख २०८३ मा सरकारले ‘सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेको …

#बेपत्ता #पदाधिकारी
Compare →
Nagarik News
3d ago
नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव

नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भएको बताएका छन्।

#न्याय
Compare →
Hamro Patro News
4d ago
उज्यालो भनेको घरमा बत्ती बाल्नु मात्र होइन, समाजमा न्यायको दीप प्रज्वलित गर्नु पनि हो

उज्यालो भनेको घरमा बत्ती बाल्नु मात्र होइन, समाजमा न्यायको दीप प्रज्वलित गर्नु पनि हो

अँध्यारोलाई चिरेर उज्यालोतर्फको यात्रा तय गर्न सक्नु नै चाडपर्वको वास्तविक सम्मान हो। किनकि उज्यालो भनेको घरमा दीप प्रज्वलन गर्नु मात्र होइन, समाजमा न्याय, समानता र सद्भावको ज्योति फैलाउनु पनि हो। ...

#न्याय
Compare →
Arthasansar
10h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#न्याय #नियुक्त
Compare →
Bizshala
10h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#न्याय #नियुक्त
Compare →

Related Stories

World News
Build #2611