बिहीबार, १९ कात्तिक २०८३, १० : ३८ मा प्रकाशित
नेपाली कांग्रेसले आज दिउँसो ३ बजेका लागि पदाधिकारी बैठक बोलाएको छ। सभापति गगन थापालाई पक्राउ गर्ने तयारी भइरहेको चर्चा सार्वजनिक भएपछि कांग्रेसले बैठक आह्वान गरेको हो।यसअघि कांग्रेसले हिजो पत्रकार सम्मेलन गरी सरकारका विवादित कदमबारे ६ बुँदे धारणा सार्वजनिक गरेको थियो। थापाको सचिवालयका सदस्यहरूका अनुसार प्रहरी टोलीले उनलाई निरन्तर निगरानी गरिरहेको छ। यसैबीच, कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई पनि साइबर ब्युरोले बोलाएको छ।
बिहीबार, १९ कात्तिक २०८३, १० : ३८ मा प्रकाशित