Trending
Prev Story
Next Story

नेपाल सम्वत्‌को स्वागतमा धनकुटामा मोटरसाइकल ऱ्याली

Ekantipur •
November 09, 2026 • 05:32 AM
1
1 reads 0 reactions

नेवारी कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित र्‍यालीले धनकुटा बजार परिक्रमा गरेको थियो।

नेपाल सम्वत्‌को स्वागतमा धनकुटामा मोटरसाइकल ऱ्याली

नेवारी कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित र्‍यालीले धनकुटा बजार परिक्रमा गरेको थियो।

धनकुटा — नेपाल सम्वत् ११४७ को नयाँ वर्षको अवसरमा धनकुटामा सांस्कृतिक झाँकीसहित भिन्तुना र्‍याली निकालिएको छ। नेवारी कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले नेवारी समुदायले र्‍याली आयोजना गरेको हो।

धनकुटा नगरपालिका-५ तल्लो कोप्चेस्थित कृष्ण कम्पनीबाट सुरु भएको र्‍यालीले तल्लो तथा माथिल्लो कोप्चे, बालमन्दिर हुँदै धनकुटा बजार परिक्रमा गरेको थियो।

नेपाल संवतको नयाँ वर्ष नेवार समुदायका लागि सांस्कृतिक पहिचान, मौलिक परम्परा र सामाजिक एकताको प्रतीकका रूपमा रहँदै आएको छ। यस अवसरमा निकालिने भिन्तुना र्‍यालीले पुर्खादेखि चलिआएको संस्कृति, भेषभूषा, कला र बाजागाजाको संरक्षणसँगै समुदायबीचको आत्मीयता र एकतालाई समेत बलियो बनाउने तल्लो कोप्सेका देवेन्द्र प्रधानले बताए ।

धनकुटामा हरेक वर्ष नयाँ संवत्को स्वागतमा नेवारी समुदायले मोटरसाइकल र्‍याली निकाल्दै आएका छन्। यसले परम्परागत सांस्कृतिक उत्सवलाई आधुनिक पुस्ता र युवासँग जोड्ने माध्यमका रूपमा समेत काम गरेको छ।

मोटरसाइकल र्‍यालीमार्फत नयाँ वर्षको सन्देश बजार तथा समुदायका विभिन्न क्षेत्रमा पुर्‍याउनुका साथै उत्सवमा युवाको सहभागिता बढाउने प्रयास गरिएको आयोजक संयोजक शम्भु प्रधानले बताए।

तल्लो कोप्चेले आयोजना गरेको यस वर्षको र्‍यालीमा सांस्कृतिक झाँकी र मोटरसाइकल र्‍यालीलाई एकैसाथ समेटिएको थियो। यसले नेपाल सम्वतको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वसँगै बदलिँदो समयअनुसार उत्सव मनाउने शैलीलाई पनि प्रतिबिम्बित गरेको छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
नेपाल सम्वत् ११४७ को स्वागतमा धनकुटामा सांस्कृतिक ऱ्याली

नेपाल सम्वत् ११४७ को स्वागतमा धनकुटामा सांस्कृतिक ऱ्याली

नेपाल सम्वत् ११४७ को स्वागतमा धनकुटामा सांस्कृतिक ऱ्याली नेपाल सम्वत् ११४७ को अवसरमा निकालिएको र्‍यालीले नेवारी कला, संस्कृति, परम्परा र मौलिक पहिचान नयाँ पुस्तासम्म पुर्‍याउने सन्देश दिएको छ। का...

#धनकुटा #सम्वत् #स्वागत
Compare →
Onlinekhabar
3d ago
धनकुटामा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

धनकुटामा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

२४ कात्तिक, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. ९ लिसिम्बुमा कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गत राति अर्थात् सोमबार राति स्थानीय विष्णु घिसिङको घरमा जुवा खेलिरहेको …

#धनकुटा
Compare →

Related Stories

National (Nepal)
Build #2611