Trending
Prev Story
Next Story

कुकुर तिहारमा पशुकल्याणसम्बन्धी कार्यक्रम

Ekantipur •
November 08, 2026 • 02:31 PM
1
1 reads 0 reactions

‘कुकुर तिहार’ कार्यक्रमले नेपाली संस्कृति र परम्पराको प्रवर्द्धनमा टेवा पुर्‍याएको संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री र कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीको भनाइ

कुकुर तिहारमा पशुकल्याणसम्बन्धी कार्यक्रम

‘कुकुर तिहार’ कार्यक्रमले नेपाली संस्कृति र परम्पराको प्रवर्द्धनमा टेवा पुर्‍याएको संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री र कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीको भनाइ

काठमाडौँ — यमपञ्चकको दोस्रो दिन आइतबार नेपालीको घरघरमा कुकुर तिहार मनाइरहँदा काठमाडौंको नक्सालस्थित नारायणचौरमा पशुकल्याणसम्बन्धी विशेष कार्यक्रम गरिएको छ । समाजसेवी तथा प्रधानमन्त्री पत्नी सविना काफ्लेको अग्रसरतामा नारायणचौरमा ‘कुकुर तिहार’ कार्यक्रम गरिएको हो ।

केराका पात, नाङलो र सयपत्रीका फूलहरूको सम्मिश्रणले तयार पारिएको मञ्चबाट अभिनेत्री मनीषा कोइरालाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् । कार्यक्रममा संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री खडकराज (गनेस) पौडेल, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले कार्यक्रमले नेपाली संस्कृति र परम्पराको प्रवर्द्धनमा टेवा पुर्‍याएको बताए । यसले पशुप्रति जिम्मेवार व्यवहार, उचित हेरचाह र पशुकल्याण तथा पशु अधिकारको महत्त्वलाई समेत उजागर गरेको उनीहरूको भनाइ थियो ।

संस्कृतिमन्त्री पौडेलले नेपाल सांस्कृतिक रूपमा सबैभन्दा समृद्ध देश रहेको बताए । ‘हाम्रो नेपालमा हरेक जातजातिको संस्कृतिमा कुकुरलाई विशेष रूपले पूजा गरिन्छ, तिनका छुट्टाछुट्टै महत्त्व र आस्था छन् । मष्ठ पुजकहरू मान्छे र कुकुर एकै पटक जन्मिएको विश्वास गर्छन् । हिमाली जातिहरू कुकुर वर्ष घोषणा गर्दै विशेष अवसर मनाउँछन्,’ उनले भने, ‘नेपालमा जसरी धनीदेखि गरिबसम्म, पूर्वदेखि पश्चिमसम्म तिहारमा जसरी कुकुरको पूजा गरिन्छ, यस्तो पूजा दुनियाँमा कतै हुँदैन ।’

कृषि, वन तथा वातावरणमन्त्री चौधरीले यो पृथक् र लोभलाग्दो परम्परा तथा संस्कृतिको विश्वले अनुसरण गर्नुपर्ने बताइन् । ‘संस्कार, संस्कृति र प्रकृतिले धनी हाम्रो देशका विविधतामूलक परम्परा अन्तर्राष्ट्रिय रूपमै उदाहरण बन्नुपर्छ,’ उनले भनिन् ।

नेपालको मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ परिचित गराउने तथा पशु कल्याणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको काफ्लेले बताइन् । ‘यो कार्यक्रम आयोजना गर्नुका मुख्य दुई वटा उद्देश्य छन् । पहिलो, हामीले कुकुर तिहारलाई नेपाली सांस्कृतिक पर्वका रूपमा अन्तर्राष्ट्रियस्तरमा कसरी चिनाउन सक्छौं भन्ने हो,’ उनले भनिन्, ‘दोस्रो, अन्य मुलुकमा कुकुरलाई क्युट भनेर माया गर्दै गर्दा हामी यो जनावारलाई पुजनीय मानेर पूजा गर्छौं । यसमार्फत हाम्रो देश मौलिक संस्कृतिका कारण संसारमाझ फरक रूपमा स्थापित होस् भन्ने हो ।’

काफ्लेले आफूले पब्लिक हेल्थ पढ्दाताका पशुसम्बन्धी नीति र कानुन फितलो देखेर यो कार्यक्रम आयोजना गर्न उत्प्रेरित भएको बताइन् । ‘कुकुर तिहार नेपालको एक अद्भुत संस्कृति हो, यसलाई विश्वव्यापीकरण गर्दै हाम्रा वरिपरि रहेको पशुपक्षीलाई वर्षको एक दिन मात्रै नभएर हरेक दिन माया, आदर र सम्मान गर्न जरुरी छ,’ उनले भनिन् ।

‘कुकर तिहार’ कार्यक्रममा बिन्दु नामक कुकुरलाई स्टेज चढाएर ब्राह्मणद्वारा मन्त्रोच्चारण गर्दै सविनाले विधिवत् रूपमा बिन्दुको पूजा गरेकी थिइन् । त्यस्तै रसुवा–नुवाकोट बाढीमा बेपत्ताको खोजीमा खटिएको नेपाल सशस्त्र प्रहरी बलको ‘साम्बा×’ नामक कुकुरलाई अभिनेत्रीहरू भुवन चन्द, मिथिला शर्मा र बसुन्धरा भुसालले स्टेजमै सम्मान गरेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
मस्कोस्थित नेपाली दूतावासको दैलोमा गुञ्जियो देउसी–भैलो -फोटो फिचर

मस्कोस्थित नेपाली दूतावासको दैलोमा गुञ्जियो देउसी–भैलो -फोटो फिचर

मस्को, रुस। रुसको राजधानी मस्कोमा चिसो मौसमको प्रवाह नगरी नेपाली समुदायले तिहारको उल्लास, मौलिक संस्कृति र आपसी आत्मीयतालाई जीवन्त बनाएको छ। २४ कार्तिक मंगलबार साँझ मस्कोस्थित नेपाली राजदूतावासको क...

#तिहार #संस्कृति
Compare →
Onlinekhabar
2d ago
गरिबीले खोस्यो निगालीको तिहार, घरघरमा ताल्चा

गरिबीले खोस्यो निगालीको तिहार, घरघरमा ताल्चा

२५ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीमा तिहारको कुनै रौनक छैन । चारैतिर देउसी–भैलो र झिलिमिली छ, भाइटीका मनाइँदै छ । तर, यो बस्ती भने उराठलाग्दो देखिन्छ । गाउँका अधिकांश घरका ढोकामा ताल्चा …

#तिहार
Compare →
Nagarik News
2d ago
आधुनिकताले फेरिँदै तिहारको संस्कृति

आधुनिकताले फेरिँदै तिहारको संस्कृति

तिहार भन्नेबित्तिकै घरघरमा माटाका दियो बाल्ने, समूहमा देउसीभैलो खेल्ने र मौलिक लोकभाकामा गीत गुञ्जिने दृश्य सम्झनामा आउँछ ।

#तिहार
Compare →
Arthasansar
2d ago
तिहारको मुख्य दिन आज भाइटिका

तिहारको मुख्य दिन आज भाइटिका

यो वर्षको तिहारको मुख्य दिन आज भाइटिका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना...

#तिहार
Compare →

Related Stories

Education & Youth
Build #2611